Advertisement

भिटारा ब्रेजा किन्नेले मासिक ३० हजार किस्ता तिर्नु पर्ने

0 676

Advertisement

२३ चैत्र, काठमाडौं । सब फोर मिटर सेग्मेन्टमा सर्वाधिक विक्री हुने मारुती सुजुकी ब्रेजा मासिक ३० हजार २ सय रुपैयाँ तिर्नेगरि ग्राहकले खरिद गर्न सक्ने छन् । मारुती सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले विक्री गर्दै आएको ब्रेजा पेट्रोल इन्जिनमा आएसँग यसको माग उच्च भएको हो ।

कम्पनीले ब्रेजाको तीन भेरियन्ट नेपालमा विक्री गर्दै आएको छ । हामीले यहाँ प्रस्तुत गरेको मासिक किस्ता ब्रेजा भिएक्सआई भेरियन्टको हो ।

कम्पनीले यस भेरियन्टको मूल्य ४१ लाख ६९ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ । यसमा स्टायडर्ड डिस्काउन्ट १ लाख ७० हजार प्रदान गर्ने कम्पनीले जनाएको छ । डिस्काउन्टपछि ब्रेजा भिएक्सआईको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ हुन आउँछ ।

अहिले बैंकबाट कर्जा लिएर ब्रेजा किन्दा ५० प्रतिशत डाउन पेमेन्ट वापत १९ लाख ९९ हजार ५०० रुपैयाँ ग्राहकले पहिले तिर्नु पर्छ भने ५० प्रतिशत कर्जा सुविधा लिन सकिन्छ । यसरी लिएको कर्जा ७ प्रतिशत व्याजदरमा पाउन सकिन्छ भने ७ वर्ष भित्र तिरिसक्नु पर्ने हुन्छ ।

यस्तो छ तीन भेरियन्टको मूल्य

ब्रेजाको सबैभन्दा कम मूल्यको भेरियन्ट भिएक्सआई रहेको छ । यसको मूल्य ४१ लाख ६९ हजार, जेडएक्सआई भेरियन्टको मूल्य ४४ लाख ६९ हजार र जेडएक्सआई ड्यूल टोनको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यस्ता छन् फिचर

मारुती सुजुकीले यसअघि रहेको १.३ लिटर डिजेल इन्जिनलाई परिवर्तन गरेर १.५ लिटर पेट्रोल इन्जिनमा ल्याएसँगै यसको माग नेपालमा बढेको देखिन्छ । यसमा रहेको १४६२ सीसी क्षमताको ‘के १५ बी’ पेट्रोल इन्जिनले अधिकतम ६००० आरपीएममा १०५ बीएच पावर र ४४०० आरपीएममा १३८ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

माइलेको कारण पनि ब्रेजा चर्चामा रहेको छ । यसले प्रतिलिटर १८ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ । यद्यपी सडकमा यसको माइलेज १२ देखि १४ किलोमिटर प्रतिलिटर हुने विभिन्न परिक्षणले देखाएको छ ।

परम्परागत डिजाइनमा तयार भएको एसयूभी भएपनि ग्राहकले यसको बाहिरी बनोट निकै स्पोर्टी पाउन सक्छन् । फुल एलइडी प्रोजेक्टर हेडल्याम्प, स्क्यावर सेप ह्वील, मस्कुलर बम्पर, अगाडि र पछाडि दिइएको स्कीड प्लेट आदिले यसलाई आकर्षक देखाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.