Advertisement

सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई सहयोग

0 488

Advertisement

२३ चैत्र, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागिहेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरुप रु। पाँच लाख प्रदान गरेको छ । सो रकम बैंककाहेड अफ सर्कलअफिस, लाजिम्पाटकी श्रिनिमा नेपालले हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतलाई हस्तान्तरण गर्नुभएको हो ।

बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षतिभएको दोलखाको भिमेश्वरस्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्यको लागि उपयोग गर्नेछ ।

नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्य रहेको गैरसरकारी संस्था, हेल्प नेपाल नेटवर्कलाई पुर्‍याएको यस सहयोगबाट बैंकले शिक्षाको क्षेत्रमा केहि हदसम्म भएपनि उत्थान पुग्ने र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिँदै जाने जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.