Advertisement

रोकिएन ब्रोकरको बदमासी, ब्रोकर नम्बर ३७ विरुद्ध उजुरी !

0 335

Advertisement

१७ चैत, काठमाडौं । ब्रोकर नम्बर ३७ स्वर्णलक्ष्मी सेक्युरिटिज प्राइभेट लिमिटेडले सेयर बिक्री गरेको रकम एक महिनासम्म नदिएकाे भन्दै जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा उजुरी परेको छ ।

हेटौंडा निवासी सुनिता पण्डितले आफूले फागुन ११ गते बिक्री गरेकाे सेयरकाे रकम ३२ दिनमा प्राप्त गरेकाे बताउँदै लामो समयसम्म भुक्तानी नपाउँदा आफूले थप आर्थिक क्षति व्यहोर्नु परेको क्षतिपूर्ति समेत माग गरेकी छिन् ।

यसरी भुक्तानी प्रकृया ढिलाे हुँदा आम सर्वसाधारण सेवाग्राहीमा समेत समस्या पर्ने हुँदा आवश्यक कारबाहीका लागि पनि उजुरीद्वारा माग गरिएकाे छ ।

नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले माघ ११ गते आइतबारबाट नै सेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’ लागू गरेको भएतापनि ब्रोकर कम्पनीहरुले भने सेयर बिक्री गरेको रकम दिन ढीलाइ गर्दै आएका छन् ।

‘टी प्लस टू’ काे व्यवस्था लागू भएसँगै शेयर कारोबार भएको दिन बाहेक २ दिन भित्र शेयर बिक्रेताले सेयर बेचे बराबरको रकम पाईसक्नु पर्ने हुन्छ भने सेयर खरिदकर्ताको खातामा आफुले खरिद गरेको सेयर आइसक्नुपर्छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.