Advertisement

चारदिन देशभरका विद्यालय बन्द

0 1,164

Advertisement

१७ चैत, काठमाडौं । वायु प्रदूषणको मात्रा बढेसँगै काठमाडौं उपत्यकाका विद्यालयहरु चार दिन बन्द हुने भएका छन् । वायु प्रदूषणका कारण विद्यालयहरु भोलिदेखि चार दिन बन्द गर्न लागिएको शिक्षा मन्त्रालयले स्रोतले जनाएको छ । मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

बालबालिकालाई घरबाहिर निस्कन नदिऔँ 

बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताएका थिए ।

बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान मन्त्रालयका सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याललगायतको सहभागिता थियो ।

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।

उपत्यकाका विद्यालय चार दिन बन्द !



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.