Advertisement

कतारमा पाँचजना बढी भेला हुन नपाइने

0 503

Advertisement

१४ चैत, काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मलेसियालगायत खाडी मुलुकमा कोरोनाभाइरसको लहर बढ्न थालेको छ । पछिल्ला केही समययता मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), ओमन, बहराइन र दक्षिण कोरियामा फेरि कोरोनाभाइरस संक्रमण बढ्न थालेको हो ।

संक्रमण बढेसँगै सम्बन्धित मुलुकले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न थालेका छन् । सन् २०२० मा कोरोनाबाट आक्रान्त भएका ती मुलुकमा वर्षान्तसँगै कोरोना संक्रमण कम भएको थियो । गन्तव्य मुलुकले कोरोनाविरुद्धको खोप कार्यक्रम चलाइरहेका भए पनि संक्रमण फैलने दर अझै नियन्त्रणमा आएको छैन ।

कतारले संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआएको भन्दै त्यहाँको ‘सुप्रिम कमिटी फर क्राइसिस म्यानेजमेन्ट’को सिफारिसमा आजदेखि लागु हुने गरी ३३ बुँदे विशेष निर्देशन जारी गरेको छ । उक्त निर्देशन बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।

कतार सरकारको निर्देशनानुसार अब कुनै पनि स्थानमा पाँचजनाभन्दा बढी भेला हुन पाइने छैन । सरकारी तथा निजी क्षेत्रमा काम गर्ने कर्मचारीले बैठक गर्दा स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण प्रक्रिया अवलम्बन गर्नुपर्ने, अनावश्यक रुपमा सामाजिक भेटघाट नगर्ने र घरभित्र वा बन्द स्थानमा पाँचजनाभन्दा बढी भेला हुन रोक लगाइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

sarbottam cement
कोरोनाको जोखिम बढेसँगै कतारले व्यापारिक भवनमा हुने क्रियाकलापलाई ३० प्रतिशतमा सीमित गरेको छ । १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई त्यस्ता स्थलमा जान बन्देज लगाइएको छ । सवारी साधन प्रयोग गर्दा मास्क अनिवार्य गरिएको छ ।

घरबाट कुनै पनि कामका लागि बाहिर निस्कँदा चालु अवस्थामा रहेको कोरोनाको जोखिम विश्लेषण गर्ने मोबाइल एप्लिकेसन हुनैपर्ने व्यवस्था रहेको दूतावासले जनाएको छ । दूतावासले कतार सरकारले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न त्यहाँ रहेका नेपाली समुदायमा आह्वान गरेको छ । कोभिड–१९ को संक्रमणबाट आफू र समुदायलाई सुरक्षित राख्न तथा नियमको उल्लंघनबाट भोग्नुपर्ने दण्ड, जरिवानाबाट समेत जोगिन दूतावासले अपिल गरेको छ । कतारमा विभिन्न पेसा, व्यवसायमा संलग्न नेपालीको ठूलो संख्या रहेको छ ।

पछिल्ला केही दिनयता छिमेकी भारतमा पनि कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । कोरोना संक्रमण रोक्न भारतका केही राज्यले कडाइ गरेसँगै त्यहाँ कार्यरत् नेपाली स्वदेश फर्कनेक्रम बढेको छ । केही राज्यमा लकडाउन गरिएसँगै आर्थिक क्रियाकलाप खुम्चिएको छ । कतिपय नेपालीले अस्थायी रोजगारी गुमाएका छन् । सीमानाकाबाट भित्रने नेपालीको लर्को लाग्न थालेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.