Advertisement

श्रद्धाञ्जलिका लागि जोशीको पार्थिव शरीर १२–२ बजेसम्म पार्टी

0 378

Advertisement

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता स्व. नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने भएको छ ।

नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति जोशीको निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौं क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

यसैबीच, नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बस्ने बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.