साताको पहिलो दिन नेप्सेमा हरियाली
०८ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज (आइतबार) उत्साहप्रद बृद्धि देखिएकोे छ ।
नेप्सेका अनुसार आज नेप्से ६३.३८ अंकले बढेर दुई हजार पाँच सय ३८ दशमलब ४६ विन्दुमा पुगेको छ ।
आज करिब ६ अर्ब बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका समूहमध्ये सबै समूहमा हरियाली छाएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १० कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।