Advertisement

फोहोर हावा र डढेलोले वायु प्रदूषण झन् कडा बन्दै

0 385

Advertisement

१६ चैैैत, काठमाडौँ । डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा पकड जमाउँदा वायु प्रदूषण झन् कडा बन्दै गएको छ । केही दिनअघिसम्म बिहानको समयमा केहीबेर खुला आकाशमा चहकिलो घाम देखिन्थ्यो । तर केही दिन यता बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर सूर्यको किरण धर्तीमा आउन सकेको छैन ।

बढ्दाे वायु प्रदूषणले कडा रोग निम्ताउन सक्ने विज्ञको चेतावनी !

वायु प्रदूषण उच्च रहेकाले काठमाडौँ लगायत देशका मुख्य सहरको आकाश खुलेको छैन । वायु प्रदूषणको असर हिमाली जिल्लामा समेत पुगेको छ । जुम्ला, रारा क्षेत्रसम्म वायु प्रदूषणले असरले आकाश ढाक्न पुगेको छ ।

यो अवस्थामा दुई तीन दिनमा सुधार आउने अपेक्षा गरिए पनि अझै लम्बिन सक्ने वातावरण विभागले जनाएको छ । विभागको प्रदूषण सूचकले काठमाडौँ लगायतका सहरमा वायु प्रदूषण कडा बन्दै गएको देखाएको छ ।

काठमाडौँ, सौराहा, पोखरा, कीर्तिपुर, सिमरा, झापालगायतका सहरको वायु प्रदूषणको सूचक हरेक घण्टा २५० हाराहारी पुग्ने गरको छ । यो मानव स्वास्थ्यका लागि अति हानिकारक वायुको अवस्था हो । यीबाहेक जुम्ला, रारा, धनकुटा लगायतका क्षेत्रमा विगत २४ घण्टामा उच्च स्तरमा प्रदूषणको सूचक बढेको थियो ।

विभागले आइतबार औपचारिक रूपमा प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न भाग जस्तै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर उच्च रहेको जनाएको छ । वायु प्रदूषणको स्तर घटी वा बढी हुन मौसमले असर गर्ने जनाउँदै विभागले हालको जस्तै अवस्था रहेको खण्डमा वायु प्रदूषण यत्तिकै वा योभन्दा पनि खराब हुन सक्ने जनाएको छ । विभागका प्रवक्ता तथा उपमहानिर्देशक यन्दुविक्रम जोशीले लगातार बढेको प्रदूषणबाट जोगिन अपिल गरे । याे खबर आजको गोरखापत्र दैनिकमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.