Advertisement

धान भनेर जाँच पास भएको ट्रकबाट एक करोड बढीको कपडा बरामद

0 505

Advertisement

१३ चैत, वीरगन्ज । सशस्त्र प्रहरीले १ करोड भन्दा बढी मूल्य बराबरको भन्सार छलीको कपडा बरामद गरेको छ । वीरगन्जको सिर्सियास्थित एकीकृत जाँच चौकी–आईसीपी)बाट धानको नाममा जाँच पास भएर आएको ट्रकलाई चेकजाँच गर्दा ठूलो परिमाणमा कपडा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा भारतबाट धान बोकेर आएको बीआर ०६ डीबी ४१५६ नम्बरको भारतीय ट्रकलाई चेकजाँच गर्दा धानको बोरा राखेर भित्र कपडा लुकाई छिपाई ल्याइरहेको फेला पारिएको हो ।धान बोकेर आएको ट्रकमा भन्सार छलीको कपडा भित्रिन लागेको भन्ने सूचनाको आधारमा विचिकालीस्थित सशस्त्र प्रहरी गुल्मबाट खटिएको टोलीले नियन्त्रणमा लिएर जाँच गर्दा ट्रकमा दुई लेयर धानको बोरा राखेर तल सटिङ सुटिङ, कुर्थासुर्वाल, साडी लगायतका कपडा ९३ पोका बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार वीरगन्जको रामगढवा निवासी दीपेन्द्र प्रसाद कलावरको नाममा रहेको तिरुपति खाद्यान्न तथा भुसा सप्लायर्सको नाममा भन्सार प्रज्ञापन–पत्र पास भएको र प्रज्ञापनपत्रमा ५ सय ५० बोरा धान उल्लेख भएको छ, तर चेकजाँच गर्दा ३ सय बोरा धान मात्रै बरामद भएको बताए ।ट्रक चालक भारतीय नागरिक सुनिल यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको कपडा र धानसहितको ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको बताइएको छ । ट्रकबाट बरामद गरिएको कपडाको कपडाको मूल्य १ करोड ५ लाख रुपैयाँ मूल्याङ्कन गरिएको राजश्व अनुसन्धान कार्यालय पथलैयाले जनाएको छ । ट्रकमा ३ लाख रुपैयाको धानको भन्सार जाँचपास गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.