Advertisement

इन्भेष्टमेन्ट बैंककाे थैली मोबाइल वालेट सेवा

0 400

Advertisement

०४ चैत, काठमाडौं । इन्भेष्टमेन्ट बैंकले विद्युतीय भुक्तानीका लागि आफ्नै वालेट ‘थैली’सार्वजनिक गरेको छ। बढ्दो विद्युतीय भुक्तानीको प्रयोगलाई मध्यनजर गर्दै बैंकले वालेट ल्याएको हो ।

राष्ट्र बैंकले गत साता विद्युतीय कारोबारको सीमासँगै सहजीकरण गरेपछि थैली सार्वजनिक गरिएको बैंकले जनाएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको मोबाइल मनि वालेट एप थैलीबाट ग्राहकहरुले पैसा पाउन, पठाउन, ब्यालेन्स इन्क्वायरीलगायतका सेवा रहेको जनाएको छ।

थैली डिजिटल वालेट दुवै मोबाइल बैंकिङ र मोबाइल वालेट एप भएको बैंकले जनाएको छ। थैलीले मोबाइल एपसँगै वेब पोर्टलसमेत सञ्चालनमा ल्याएको जनाएको छ। इन्भेष्टमेन्ट बैंकका ग्राहकहरुले थैली वालेटमा सोझै आफ्नो खाता लिंक गरी शुन्य शुल्कमा सेवा लिन सक्ने जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.