Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बजाजको नयाँ शोरुम फिदिममा

0 478

०४ चैत, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले फिदिममा पूर्ण सुविधासम्पन्न नयाँ शोरुम ‘समृद्धि एण्ड ब्रदर्स प्रालि’ सञ्चालनमा ल्याएको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले फिदिममा पनि शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस उद्देश्यलाई सार्थक बनाउन समृद्धि एण्ड ब्रदर्स प्रालि फिदिमका प्रोपाइटर सञ्जीव जोशीलाई डिलरसिप प्रदान गरिएको छ । बजाज ग्राहकहरुले खरिद गरेको सामग्रीको अधिकतम मूल्य प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको बताएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने बताइएको छ ।

Subscribe to our newsletter

यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पु-याउने प्रयास गरिरहेको छ । नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका जनरल म्यानेजर योगेन गुरुङले फिदिममा नयाँ शोरुम विस्तारसँगै ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्ने बताए ।

ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु नै कम्पनीको जिम्मेवारी भएको उनको भनाइ थियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.