Advertisement

५७ लाखमा कनकाई नगरपालिकाले बनायो खुला व्यायामशाला

0 572

Advertisement

०४ चैत, झापा । कनकाई नगरपालिकाले आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण गरेको छ । बिहान ‘मर्निङ वाक’ गर्ने नगरवासीका लागि खुला व्यायामशालाले सुविधा थपेको छ । ‘स्वस्थ जीवन प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत कनकाई–३ को सुरुङ्गा बजार नजिक पश्चिम बसस्टेण्डमा नगरपालिकाले सो व्यायामशाला निर्माण गरेको हो । व्यायामशालामा कुनै शुल्क तिर्नु पर्दैन । कनकाई सामुदायिक वनको चार कठ्ठा जग्गामा बाल उद्यान र खुला व्यायामशाला सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए ।

सो निर्माणमा नगरपालिकाको ४५ लाख र प्रदेश नं १ को सरकारको रु १२ लाख गरी कूल रु ५७ लाख खर्च भएको छ । व्यायामशालाका सामान सुरक्षित बनाउन कम्पाउड वालले घेरिएको छ । “रोग लाग्नुभन्दा रोकथामको उपाय गर्नु ठीक हुन्छ भन्ने मान्यताका आधारमा हामीले व्यायामशाला बनाएका हौँ”, नगरप्रमुख पोखरेलले भने, “बढ्दो शहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला शारीरिक व्यायाम गर्ने स्थान छैन । निजीरूपमा व्यायामशाला निर्माण गर्न खर्चिलो हुने देखेर खुला व्यायामशाला निर्माण गरेका हौँ ।”

Nepal liquer
Agani Group
व्यायामशालामा विभिन्न आधुनिक १२ वटा उपकरण राखिएको छ । व्यायामशाला युवादेखि बृद्धासम्मका लागि खुला गरिएको छ । झापामा स्थानीय तहले निर्माण गरेर सञ्चालनमा ल्याइएको यो पहिलो खुला व्यायामशाला हो । खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने नगरप्रमुख पोखरेलले बताए ।

उनले सुरुङ्गा ‘बन्द निषेधित क्षेत्र’ भएको हुँदा व्यायामशालामा त्यसको प्रतीक राखिने बताए । दश वर्षे जनयुद्धकालमा समेत सुरुङ्गाबासीले आफ्नो बजारलाई बन्द हुन दिएनन् । त्यसैले सुरुङ्गा बन्द निषेधित क्षेत्रको रूपमा चर्चित छ । खुला व्यायामशालामा सरसफाइ र छानाको अभाव छ । नगरपालिकाले सरसफाइ गर्ने व्यवस्था नमिलाएकामा स्थानीयवासीले गुनासो गरेका छन् । छानो नबनाइएका कारण पानी पर्दा असुविधा हुने स्थानीयवासीको भनाइ छ ।

यसैगरी झापाको बुद्धशान्ति गाउँपालिकामा आदर्श सामुदायिक वन उपभोक्ता समितिले स्थानीय पार्कमा खुला व्यायामशाला निर्माण गरेको छ । गाउँवासीले मर्निङ वाकमा जाँदा र उद्यान घुम्न आउने आन्तरिक पर्यटकले मनोञ्जनसँगै स्वास्थ्यका लागि व्यायाम गर्न सुविधा पुगोस् भन्ने उद्देश्यले सामुदायिक वनले व्यायामशाला निर्माण गरेको जनाइएको छ । रासस



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.