बैंकिङ कसुरः पूर्व उपराष्ट्रपति देखि, पूर्व सचिव सम्म सहकारीबाट “५० करोडभन्दा बढी रकम हिनामिना”
०४ चैत्र, काठमाडौँ । बैंकिङ कसुरमा पक्राउ परेका अधिकांश अभियुक्तहरू अदालतबाट सामान्य धरौटीमा रिहा हुने गरेको पाइएकाे छ। महानगरीय अपराध महाशाखाले बैकिङ ठगीमा फरार अभियुक्त कमलप्रसाद ज्ञवालीलाई १९ असोजमा भारतको चण्डीगढबाट पक्राउ गर्यो। कानूनी बाध्यताका कारण महाशाखाले कञ्चनपुर महेन्द्रनगरस्थित नेपाल-भारत सीमास्थित मोहना नदीको पुल नजिकैबाट उनी पक्राउ परेको दाबी गर्यो।
तत्कालीन किस्ट बैंकका कार्यकारी अधिकृत हुन्, ज्ञवाली। आफ्नी श्रीमती गौरी खनाल ज्ञवालीका नाममा नक्कली कागजपत्र पेश गरी कर्जा लिएको मुद्दा दर्ता भएपछि ज्ञवाली फरार थिए। भारतको चण्डिगढमा चार्टर्ड एकाउन्टेन्ट पढेका उनी पक्राउ पर्ने डरले उनी चार वर्षदेखि उतै पुगेर बसेका थिए।

कुनै समय चर्चित बैंकर थिए, ज्ञवाली। किस्ट फाइनान्सलाई छोटो समयमै ‘क’ वर्गको बैंक बनाउन सफल उनी त्यतिबेला नेपालमा सबैभन्दा बढी तलब खाने सीईओ मानिन्थे। बैंकका कर्मचारीलाई समेत आकर्षक तलब दिइएका कारण नेपाल राष्ट्र बैंकको जागिर छाडेर आउनेहरूको संख्या ठूलो थियो।
सिद्धार्थ बैंकमा श्रीमती गौरीको नाममा रहेको ६३ हजार तीन सय ४८ कित्ता सेयर धितो राखेर १२ करोड ऋण लिएको विषयमा अख्तियारले ज्ञवाली, श्रीमती गौरी र बैंकका एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
विशेष अदालतले १३ जेठ ०६३ मा ज्ञवालीले बैंकिङ कसुर गरेको ठहर गरेको थियो। र, चार वर्ष कैद तथा चार करोड २६ लाख ८३ हजार पाँच सय ११ रुपैयाँ जरिवाना तोकेको थियो। पक्राउपछि कैद भुक्तानीका लागि प्रहरीले उनलाई केन्द्रीय कारागार पठाएको छ।
त्यसतै, काठमाडौंको एक सहकारीबाट पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वसचिव श्याम मैनालीसहित उच्च अधिकारीहरू नै ठगिएको पाइएको छ । काठमाडौंकाे धुम्बाराही आनन्दनगरमा रहेको आनन्द नगर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र केही कर्मचारीको मिलेमतोमा सर्वससाधारण नागरिक मात्रै नभएर अति विशिष्ठ व्यक्ति नै ठगिएको पाइएको छ ।
पूर्वउपराष्ट्रपति झा र पूर्वसचिव मैनालीलगायत करिब १६०० भन्दा बढीको सेयरधनी तथा बचतकर्ताको ५० करोड भन्दा बढी रकम हिनामिना भएको छ । कसको कति रकम ठगी भएको हो भन्ने नखुलेको भए पनि १६०० जनाको ५० करोडभन्दा बढी रकम हिनामिना भएको आरोप छ ।
- सहकारीले पूर्वउपराष्ट्रपति झा,
- पूर्वसचिव मैनाली,
- मानव अधिकारवादी,
- अधिवक्तालगायत ९९९ जना,
- बचतकर्ता ६७९ जना,
- सेयरधनीको ५० करोड रुपैयाँ,
ठगी गर्ने पूर्वसञ्चालक र व्यवस्थापकलाई पटक–पटक समय दिँदासमेत रकम भुक्तानी नगरेपछि सहकारी पीडितले महानगरीय प्रहरी अपराध महाशाखामा उजुुरी दिएका छन् ।
सहकारीको सञ्चालक र केही कर्मचारीको मिलेमतोमा करिब ५० करोड रुपैयाँ ठगी भएको सहकारीका बचतकर्ता र सेयरधनीको आरोप छ । २०६५ सालमा स्थापना भएको भएको सहकारीमा पूर्वउपराष्ट्रपति परमानन्द झा र पूर्वसचिव श्याम मैनालीले पनि बचत गरेका थिए ।
सहकारीमा उनीहरुले बचत गरेको भन्दै अन्य सर्वसाधारणबाट पनि करौडौं बचत संकलन गरिएको थियो । त्यसपछि सञ्चालक र व्यवस्थापनको मिलेमतोमा ठगी भएको एक पीडितले बताए ।
“हामीलाई सचिवज्यू (श्याम मैनाली) र उपराष्ट्रपति (परमानन्द झा) ले पनि बचत गर्नुभएको छ तपाईंहरु पनि पैसा राख्नुस् भनेपछि विश्वास गरेर सहकारीमा बचत गर्यौँ । तर २०७६ मा सहकारीमा बचत फिर्ता माग्न जाँदा सहकारीले विभिन्न बहानामा बचत फिर्ता गर्न आलटाल गर्यो,” उनले हामिलाई भने।
२०७६ बाट सहकारीले बचत फिर्ता दिन छोडेपछि सहकारी सञ्चालक र कर्मचारीको ‘बदमासी’ थाहा भएको पीडित मध्येका एक पूर्वसचिव मैनाली बताउँछन् ।

२०७६ मा बचतकर्ताले बचत भुक्तानी माग गर्दै सहकारीमा जाँदा बचत फिर्ता नदिएको र सहकारीको व्यवस्थापन नै फरार भएर भारत पुगेका थिए । सहकारीमा बचतकर्ताको दायित्वमध्ये १५ प्रतिशत ऋण लगानी भएको देखिए पनि अन्य रकम भने सञ्चालक व्यवस्थापको मिलेमतोमा दुरुपयोग भएको अध्ययनमा देखिएको उनले बताए ।

फरार भएको व्यवस्थापकलाई प्रहरीले खोजी गरेर ल्याएपछि सोधपुछ गर्दा २०६८–६९ बाट नै सञ्चालकहरु समेतको मिलेमतोमा ठगी गर्ने उद्देश्यले गलत अडिट रिपोर्ट बनाएर बढी मुनाफा कमाएको विवरण सेयरधनीलाई देखाउँदै लाभांश बाँड्दै आएको खुलेको मैनाली बताउँछन् ।
- टोलका स्थानीय मिलेर २०६५ सालमा सहकारी स्थापना गरेका थियौं,
- सुरुमा सहकारी राम्रै चलेको थियो,

सहकारीको एक सेयर सदस्यले भने, “२०६८ सालबाट भने सहकारीको नेतृत्वमा रहेका सञ्चालक समिति र व्यवस्थापकले ठगी गर्ने नियतले गलत अडिट रिपोर्ट तयार गरेर मुनाफा बढी देखाउन सुरु गरेछन् र धेरै बचत संकलन गरेर ठगी गर्ने नियत राखेछन् ।”
आफूहरुलाई पूर्वउपराष्ट्रपति, पूर्वसचिवलगायतले पनि बचत गरेको भन्दै रकम राख्न आग्रह गरेपछि बचत गर्न थालेको ती सदस्यको भनाइ छ ।
- “हामीलाई सचिवज्यू (श्याम मैनाली)
- उपराष्ट्रपति (परमानन्द झा)
ठुलाबडाले बचत गर्नुभएको छ तपाईंहरु पनि पैसा राख्नुस् भनेपछि विश्वास गरेर सहकारीमा बचत गर्यौँ । तर २०७६ मा सहकारीमा बचत फिर्ता माग्न जाँदा सहकारीले विभिन्न बहानामा बचत फिर्ता गर्न आलटाल गर्यो। अहिले याे केश प्रहरीमा उजुरी परेकाे छ।