२१ अंकले घटेको बजारमा खानीखोलाको सर्वाधिक शेयर कारोबार, एभरेष्ट कलरको मूल्यमा सर्किट

१९ साउन, काठमाडौँ। मंगलबार शेयरबजार २१.१५ अंक घटेको छ । आज शेयरबजार दोहोरो अंकले घटेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७८ प्रतिशत अर्थात २१.१५ अंकले घटेर २ हजार ६६.१८ विन्दुमा कायम भएको छ । यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५६ प्रतिशतले घटेर ४६७.९६ विन्दुमा झरेको छ ।

अघिल्लो दिन १.२० अंक घटेको बजारले साताको दोस्रो कारोबार दिन दिनभर नै नेप्से परिसूचक रातो रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७ करोडको भयो ।
आज ५८ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहगत सूचक घटेका छन् । व्यापार, अन्य र उत्पादन तथा प्रशोधन समूह १ प्रतिशतभन्दा धेरै घटे । आज ५८ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो भने ५ को स्थिर रह्यो ।

सबै समूहगत सूचक घटेका छन् । व्यापार, अन्य र उत्पादन तथा प्रशोधन समूह १ प्रतिशतभन्दा धेरै घटे । बैंकिङ ०.८०, विकास बैंक ०.५०, फाइनान्स ०.१४, होटल तथा पर्यटन ०.६१, जलविद्युत् ०.५५, लगानी ०.७२, जीवन बीमा ०.८२, उत्पादन तथा प्रशोधन १.३१, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५४, अन्य १.०४ र व्यापार १.१९ प्रतिशत घटे ।

आज खानीखोला हाईड्रोपावरको सर्वाधिक शेयर कारोबार भयो । यो कम्पनीको आज ४० करोड ६६ लाख बढीको सेयर कारोबार भयो । सिद्धार्थ बैंकको १६ करोड ७७ लाख, नेशनल हाईड्रोपावरको १६ करोड ५७ लाख, सेन्ट्रल फाइनान्सको १४ करोड ९१ लाख र रिडी पावरको १३ करोड १७ लाख बढीको शेयर कारोबार गरे ।

मंगलबारको एभरेष्ट कलर लिमिटेडको शेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । खानीखोला हाईड्रोको शेयरमूल्य १०.०७ प्रतिशत, जोशी हाईड्रोपावरको ५.२६ र छ्याङदी हाईड्रोपावरको शेयरमूल्य ४.४४ प्रतिशतले बढ्यो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक अर्थात ११.६७ प्रतिशतले घट्यो ।

सामुदायिक लघुवित्तको मूल्य ३.४९ प्रतिशत घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा खानीखोला हाइड्रोपावार, सिद्धार्थ बैंक, नेसनल हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र रिडी पावर छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours