Advertisement

सकारात्मक सोचका साथ असल काम गर्दा सफलता प्राप्त हुन्छ : नेता महतो

0 218

Advertisement

१७ असाेज, काठमाडौँ । सडी समाज काठमाडौँले समाज, राष्ट्र र सुडी समुदायको विकास तथा उन्नयनका लागि महत्वपूर्ण योगदान पु¥याएबापत विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा आरपी बिच्छा, प्रदेश नीति तथा योजना आयोग, प्रदेश नं २ का सदस्य बैजनाथ महतो, विभूषण समितिका सदस्य इन्जिनियर ओमप्रकाश महतो, अन्तर्राष्ट्रिय योग प्रशिक्षक श्रीमती शान्ति महतो र सिंहदरबार वैद्यखाना विकास समितिका निमित्त कार्यकारी निर्देशक डा सबरी साह हुनुहुन्छ ।

सुडी समाज काठमाडौँद्वारा आज यहाँ आयोजित दसैँ, तिहार र छठपर्वको शुभकामना आदानप्रदान, छलफल तथा सम्मान कार्यक्रममा उहाँहरुलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता एवम् पूर्वउपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो, नेपाली जनता दलका राष्ट्रिय अध्यक्ष हरिचरण साह र समाजका अध्यक्ष डा अशोक महासेठले सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो ।

सो अवसरमा नेता महतोले मानिसले सकारात्मक सोचका साथ गर्ने असल कामबाट सफलता प्राप्त हुने उल्लेख गर्दै मानव र समाजसेवाबाट मात्र आत्मसन्तुष्टि हुने बताउनुभयो । सामाजिक सङ्घसंस्थाले समाजको रुपान्तरणका लागि कार्य गर्नुपर्ने बताउँदै उहाँले समाजमा देखिएको विकृति–विसङ्गतिको न्यूनीकरण गरी सबल, सक्षम र सुदृढ समाज निर्माणका लागि अग्रसर हुन सबैलाई आग्रह गर्नुभयो ।

अध्यक्ष साहले सबै नीतिको मूल नीति राजनीति हो भन्दै नेपाली जनता र राष्ट्रको विकासका लागि आफू राजनीतिमा लागेको बताउनुभयो । उहाँले समतामूलक समाज र समाजिक न्याय स्थापनाका लागि सामाजिक सङ्घसंस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा बिच्छाले कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले दसैँ मनाउँदा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गर्न सबैसँग आग्रह गर्नुभयो ।

प्रदेश नीति तथा योजना आयोग, प्रदेश नं २ का सदस्य महतो, विभूषण समितिका सदस्य इन्जिनियर महतो, अन्तर्राष्ट्रिय योग प्रशिक्षक श्रीमती महतो लगायतले दिगो शान्तिविना समाज र मुलुकले विकास र समृद्धि हासिल गर्न नसक्ने भएकाले हिंसालाई निर्मूल गर्नेतर्फ सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्थाले अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

समाजका अध्यक्ष डा अशोक महासेठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजका उपाध्यक्षद्वय इन्जिनियर उमाशङ्कर साह र डा आरपी चौधरी, महासचिव शीतलप्रसाद महतो कोषाध्यक्ष श्रीराम पूर्वेलगायतका वक्ताहरुले सांस्कृतिक एवं सामाजिक विविधता हाम्रो देशको मौलिक पहिचान हो ।

यही विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ भन्दै समाजका सबै सदस्यहरुबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी समृद्ध समाज निर्माण गर्न मद्दत पुगोस् भन्ने कामना गर्नुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.