१५ जेठ, काठमाडाैँ । सरकारले विद्युतीय सवारी साधनमा लाग्ने भन्सार महसुलको आधार परिवर्तन गर्ने भएको छ । अब पीक पावर क्षमताको सट्टा सवारी साधनको मूल्यका आधारमा भन्सार शुल्क निर्धारण गरिनेछ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो व्यवस्था लागू गरिने जानकारी दिएका हुन् ।
उनका अनुसार विद्युतीय सवारी साधनको स्वदेशी उत्पादन, चार्जिङ स्टेसन विस्तार तथा ब्याट्री व्यवस्थापनलाई प्रोत्साहन गर्न पैठारी बिन्दुमै स्वच्छ पूर्वाधार लगानी शुल्कसमेत लागू गरिएको छ ।


+ There are no comments
Add yours