बेलायतको मेटा कर्मचारीले फेसबुक प्रयोगकर्ताहरूबाट ३० हजार निजी तस्बिरहरू डाउनलोड गरेको रिपोर्ट

२६ चैत , काठमाडौँ । बेलायतमा मेटाका एक पूर्व कर्मचारीले फेसबुकबाट लगभग ३० हजार निजी तस्बिरहरू अवैध रूपमा डाउनलोड गरेको आरोप लागेपछि अनुसन्धानको दायरामा छन्।

द गार्जियनका अनुसार अभियुक्तले फेसबुकको आन्तरिक सुरक्षा प्रणालीबाट बच्न र प्रयोगकर्ताहरूको निजी तस्बिरहरू पहुँच गर्न सफ्टवेयर प्रोग्राम विकास गरेका थिए।

मेटाले एक वर्षभन्दा बढी समयअघि उक्त उल्लंघनको पर्दाफास गर्दै मुद्दालाई कानून प्रवर्तनलाई पठाएको र त्यहाँ अब लन्डन महानगरीय प्रहरीको साइबर अपराध एकाइद्वारा अनुसन्धान भइरहेको बताइएको छ। साथै महानगरीय प्रहरीले हाल गोपनीयता उल्लङ्घनको अनुसन्धान गरिरहेको छ।

“एक वर्षभन्दा बढी समयअघि एक कर्मचारीले अनुचित पहुँच पत्ता लगाएपछि, हामीले तुरुन्तै व्यक्तिलाई बर्खास्त गर्यौं, प्रयोगकर्ताहरूलाई सूचित गर्यौं, मुद्दालाई कानून प्रवर्तनलाई पठायौं र हाम्रो सुरक्षा उपायहरू बढायौं” मेटाका एक प्रतिनिधिले प्रकाशनलाई भने। “हामी चलिरहेको अनुसन्धानमा सहयोग गरिरहेका छौं”, उनले थप बताएको इनग्याजेटले रिपोर्ट गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours