२९ फागुन, काठमाडाैँ । पश्चिमी इराकमा अमेरिकी वायुसेनाको एक इन्धन बोक्ने (रिफ्युलिङ) विमान दुर्घटनाग्रस्त भएको छ। अमेरिकी सेन्ट्रल कमान्डले दिएको जानकारी अनुसार केसी–१३५ स्ट्राटो ट्याङ्कर विमान दुर्घटनामा परेको हो ।
उक्त घटनामा दुई वटा विमानहरू संलग्न रहेकोमा दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ ।
अमेरिकी सैन्य अधिकारीहरूले यो दुर्घटना कुनै आक्रमण वा ‘फ्रेन्ड्ली फायर’ का कारण नभएको स्पष्ट पारेका छन् । घटना लगत्तै दुर्घटनास्थलमा तीव्र रूपमा उद्धार कार्य अघि बढाइएको छ ।
यद्यपि, विमानमा कति जना चालक दलका सदस्यहरू सवार थिए र उनीहरूको अवस्था के छ भन्नेबारे आधिकारिक रूपमा केही खुलाइएको छैन ।


+ There are no comments
Add yours