आजदेखि आधा सिलिन्डर मात्रै ग्यास पाइने

२९ फागुन, काठमाडाैँ । नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न ग्यास सिलिन्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ।

निगमले शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रतिगोटा रु ९५५ मा बिक्री–वितरण गर्ने व्यवस्था गरेको जनाएको छ।

निगमले विज्ञप्ति जारी गर्दै हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको जनाएको हो।

निगमका अनुसार यस व्यवस्थाले आम उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध गराउन सहजीकरण गर्ने विश्वास गरिएको छ। निगमले उपभोक्तालाई सोहीअनुसार एलपी ग्यास खरिद गर्न पनि अनुरोध गरेको छ।

निगमका अनुसार नियमित रूपमा मागअनुरूप नै एलपी ग्यास आयात तथा वितरण हुँदै आएको भए पनि पछिल्ला दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको छ। साथै, मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको पनि निगमले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours