पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना : कम्तीमा १७ जनाको मृत्यु, ४६ जना घाइते

११ फागुन, काठमाडाैँ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २४ घाइते भएका छन् ।

आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । ४६ यात्रु रहेको सो सो बस सडकबाट तीन सय मिटर तल खसेको जनाइएको छ ।

.हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २४ जनाए ।

मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।

सो स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमान्डमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको छ ।

घटनास्थलमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले दुर्घटनाको बेला बसमा ४६ जना यात्रुहरू रहेको र उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिए ।

घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरू ओसार्दै बगरमा जम्मा गर्ने र त्यहाँबाट एम्बुलेन्समार्फत अस्पतालतर्फ पठाउने काम भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours