Advertisement

सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘Century Remit Premium Account’

0 614

Advertisement

२७ भदौ, काठमाडौं सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘Century Remit Premium Account’ को शुभारम्भ गरेको छ । रु. १,०००/– न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० % को दरले त्रैमासिक रुपमा ब्याज भुतmानी गरिने छ । यस खातामा अन्य बचत खातामा भन्दा १% बढि ब्याज भुतmानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निस्शुल्क उपलब्ध गरिएको छ । उक्त खातामा लकर सेवा, ATM र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ ।

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘Century Remit Premium Account’ खोल्ने सुबिधा लिन सक्नुहुन्छ । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अन्य जानकारीका लागि बैकको वेबसाइट www.centurybank.com.np तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.