आज दिउँसोको समयमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी, काठमाडौंमा आज बिहान ११ जबेसम्म र साँझ २ घण्टा हिँडडुल गर्न पाइने

२७ भदाै, काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कफ्र्युको समय केही घटाएको छ ।

आज (शुक्रबार) बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि आवतजावत गर्नपाइने भएको हो ।

जङ्गी अड्डाले सूचना जारी गर्दै आज बिहान ११ बजेदेखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २८ गते बिहान ६ बजेसम्म भने कफ्र्यु आदेश जारी रहने जनाएको हो ।

निषेधाज्ञा तथा कफ्र्युको समयमा पनि अत्यावश्यक सेवाका जस्तैः एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, ग्यास, इन्धन, दुध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न सकिने छ ।

विभिन्न सरकारी कार्यालय, मानव अधिकार आयोगका पदाधिकारी, बैंक तथा वित्तिय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो सक्कल परिचयपत्र देखाइ कार्यालयसम्म आवतजावत गर्न सक्ने छन्।

साथै आन्तरिक र वाह्य उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्ने सेनाले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours