तीन दिनपछि बढ्यो सेयर बजार, घट्यो कारोबार

१९ साउन, काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार घटेको सेयर बजार आज सोमबार सम्हालिएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १६.४६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २८७५ अंकमा कायम भएको छ ।

गत मंगलबार ३००२ अंकसम्म पुगेको बजार लगातार तीन कारोबार दिन कुल १४४ अंक घट्दै हिजो आइतबार २८५८ मा झरेको थियो । आजको कारोबारका क्रममा बजार केही उतारचढावमा रह्यो । दिउँसो १ : १२ बजे न्यूनतम २८३३ अंकसम्म बजार झर्‍यो भने २ : ३४ बजे अधिकतम २८८९ अंकसम्म पुग्यो ।

तीन दिनपछि बढेको बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८२ करोडको भयो । १४० कम्पनीको मूल्य बढ्दा ११० को घट्यो ।

आज बैंकिङ १.६६ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.६२, व्यापार २.८९ हाइड्रोपावर ०.२५ प्रतिशत बढे । होटल तथा पर्यटन ०.३४, विकास बैंक ०.०६, अन्य ०.४५, उत्पादन तथा प्रशोधन ०.१२, निर्जीवन बीमा ०.५१ तथा फाइनान्स ०.८२ प्रतिशत घटे ।

थ्रिस्टार हाइड्रोपावरको ६.८९, मोलुङ हाइड्रोपावरको ५.४९, सिक्लेस हाइड्रोपावरको ५.०७, स्वेतगंगा हाइड्रोपावरको ४.८२ तथा सगरमाथा जलविद्युत् कम्पनीको ४.३८ प्रतिशत मूल्य बढ्यो ।

अघिल्लो दिनसम्म १० प्रतिशत मूल्य बढेको ट्रेड टावर आज १० प्रतिशत घट्यो । त्यस्तै नेपाल फाइनान्सको ३.४८, रिभर फल्स पावरको ३.४४ तथा सप्तकोशी विकास बैंकको ३.०२ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours