Advertisement

अभिनेत्री सेलिन वुडली भन्छिन्, ‘ब्रा लगाएर दिइने अन्तरंग दृश्य नक्कली हुन्’

0 1,056

Advertisement

२१ श्रावण, लसएन्जल्स । ‘दि फल्ट इन आवर ’ अभिनेत्री सेलिन वुडलीले हलिउड फिल्ममा देखाइने केही अन्तरंग दृश्य अप्रकातिक लाग्ने बताएकी छिन् । खास गरी महिलाले ब्रा लगाई लगाई दिने अन्तरंग दृश्य स्वभाविक नहुने उनको भनाइ थियो । उनले हलिउड रिपोर्टरसँग कुरा गर्दै अन्तरंग दृश्यमाथि यस्तो धारणा राखेकी हुन् ।

‘धेरैजसो सिनेमामा तपाईं देख्नुहुन्छ, दुई जना सम्भोग गरिरहेका छन् तर महिलाको ब्रा शरीरमै छ । वास्तविक जीवनमा यस्तो हुन्छ जस्तो लाग्दैन । मैले कहिलै यसरी सम्भोग गरेको सम्झना छैन । यदाकदा यस्तो भएको होला,’ उनले भनेकी छिन् ।

हलिउडमा पछिल्लो समयमा अन्तरंग दृश्यको आवश्यकतालाई लिएर बहस सुरु भएको छ । धेरैले यस्ता दृश्यमा फिल्ममा नचाहिने धारणा राख्दै आएका छन् । अझ यस्ता दृश्य खिच्नलाई हलिउडमा ‘इन्टिमेसी कोअर्डिनेटर’ नै राख्न थालिएको पनि समाचारमा आउने गरेको छ ।

र, योभन्दा पनि हलिउडका फिल्ममा यस्ता दृश्य चाहिन्छ कि चाहिन्न भनेर ठूलै चर्चा छेडिएको छ । सेलिन वुडलीले पनि यसमा विचार राख्दै आफूलाई अन्तरंग दृश्य गर्दा आजसम्म असहज नभएको बताएकी छिन् ।

‘मलाई आजसम्म असहज महसुस भएको छैन किनकि म यो यो विषयमा स्पष्ट छु ,’ उनले भनेकी छिन्, ‘यस्ता दृश्य दिनुअघि म निर्देशकसँग कुरा गर्छु, कोएक्टरसँग कुरा गर्छु । फिल्ममा यो दृश्य जरुरी छ कि छैन भन्ने पनि निक्र्योल गर्छु । हाम्रो सीमा कत्ति हो भन्ने मलाई राम्ररी थाहा छ । तर, आजसम्म यस्तो क्षण खप्नु परेको छैन जब यो कुरालाई लिएर दुःखी हुनु परेको होस् ।’

आउँदो शुक्रबार सेलिन अभिनीत ‘दि लास्ट लेटर फ्रम योर लभर’ नेटफ्लिक्समा रिलिज हुँदैछ । योभन्दा अघि भने सेलिन ‘एन्डिङ बिगिनिङ्स’ र ‘मेरिटियनियन’मा देखिएकी थिइन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.