२९ असार, काठमाडौं। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) मन्त्री क्रिस्टी नोएमले फ्लोरिडाको ’एलिगेटर अल्काट्राज’को नामबाट आप्रवासी हिरासत केन्द्र स्थापनाका लागि पाँच वटा राज्यसँग छलफल भइरहेको बताएका छन् ।
शनिबारको एक पत्रकार सम्मेलनमा नोएमले यी ५ राज्यको नेतृत्व रिपब्लिकन गभर्नरले गरिरहेको बताए तर उनीहरूको नाम भने खुलाएनन् ।
उनले फ्लोरिडाका गभर्नर रोन डेसान्टिसले ‘एलिगेटर अल्काट्राज’ डिटेन्सन सेन्टरको सफलतापूर्वक उद्घाटन गर्न डीएचएससँगको सहकार्यको प्रशंसा गरे ।
फ्लोरिडा एभरग्लेड्स (घाँसे मैदान) मा अवस्थित केवल ८ दिनमा निर्माण गरिएका डेड–कोलियर ट्रेनिङ एन्ड ट्रान्जिसन एयरपोर्टमा ३९ वर्ग माइल (१०० वर्ग किलोमिटर) क्षेत्रमा बनेको संरचनामा बन्दीहरूको पहिलो समूहलाई जुलाईको सुरुमा त्यहाँ स्थानान्तरण गरिएको थियो ।
यो केन्द्र हालको अमेरिकी प्रशासनको अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने तीव्र प्रयासको एक हिस्सा हो । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशासन र समर्थकहरूबाट प्रशंसा प्राप्त गरेको छ, तर यसले मानव अधिकारका पक्षधरबीच स्थितिको बारेमा चिन्ताजनक रिपोर्टहरू आएको भन्दै चिन्ता व्यक्त गरेको छ ।


+ There are no comments
Add yours