अब अमेरिकामा विदेशी विद्यार्थीका लागि कठिन हुनेछ रोजगारी

२२ असाेज, काठमाडौँ। अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थीका लागि अध्ययनपछि रोजगारी गर्न गाह्रो हुने सम्भावना देखएको छ।किनकि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले प्रत्येक नयाँ विद्यार्थीका लागि ७० हजार डलर शुल्क लगाउने प्रस्ताव गरेको छ।

यो शुल्क वैकल्पिक व्यावहारिक प्रशिक्षण (ओपीटी) का लागि हो। यस कार्यक्रमअन्तर्गत विदेशी विद्यार्थीलाई आफ्नो अध्ययन पूरा गरेपछि अमेरिकामा काम गर्न अनुमति दिइन्छ। शुल्क विद्यार्थीले होइन, उनीहरूका कलेज वा विश्वविद्यालयले तिर्नुपर्नेछ।

अमेरिकामा साढे २४ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्।

यो निर्णयले भारत र चीनका विद्यार्थी सबैभन्दा बढी प्रभावित हुनेछन्। २०२४-२५ को तथ्यांकअनुसार अमेरिकामा भारतीय ३ करोड ६३ लाख र चिनियाँ २ करोड ६६ लाख विद्यार्थी अध्ययनरत छन्।

यीमध्ये धेरै विद्यार्थीले आफ्नो अध्ययन पूरा गरेपछि ओपीटीमार्फत अमेरिकामा जागिर पाउँछन्। विशेष गरी ठूलो संख्यामा भारतीय विद्यार्थीहरूले इन्जिनियरिङ, प्रविधि र अन्य STEM विषयहरू अध्ययन गर्छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours