यूके पठाइदिने भन्दै १ करोड बढी ठगेको आरोपमा एक जना पक्राउ

१९ असार, काठमाडौं । यूके पठाइदिने भन्दै १ करोड २० लाख ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललिपतुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।

यूके पठाइदिने भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रूपैयाँ ठगी गरेको आरोप उनीमाथि छन् । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours