Advertisement

विप्लव सार्वजनिक प्रहरी स्कर्टिङमा काठमाडौं आउँदै

0 441

Advertisement

‘गोप्य रुपमा कसैलाई थाहा नदिई काठमाडौं जाने भन्ने तयारी थियो, तर प्रहरीले थाहा पाएर नारायणगढबाट स्कर्टिङ गरेको हाे।’

२१ फाल्गुन, काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई प्रहरीको स्कर्टिङमा आज दिउँसो काठमाडौं ल्याइँदै छ ।

उनी कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा रहे पनि प्रहरीले सूचना पाएपछि नारायणगढबाट स्कर्टिङ गर्दै काठमाडौं ल्याउन लागिएको हो ।

विप्लव पश्चिम नेपालबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका थिए । विप्लव विगतदेखि नै बेलबहादुरको घरमा बस्ने, नेताहरुसँग वार्ता गर्ने गर्दथे ।

उनी अमरापुरीका शहिद परिवारहरुलाई भेटघाट गरी शुक्रबार बिहानै काठमाडौंका लागि प्रस्थान गरेका हुन् ।

विप्लव समूह निकट स्रोतले भन्यो । यद्यपि चितवन प्रहरी भने स्कर्टिङबारे खुल्न चाहेन ।

तीन वर्षसम्म भूमिगत भएका विप्लव आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा सार्वजनिक हुँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनले सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही समारोहमा सरकारसँग भएको सहमति पत्रमा विप्लवले हस्ताक्षर गर्ने छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.