Advertisement

सामाजिक सञ्जाल भनेको के हाे? सिक्सडिग्रिज डटकमबाट सुरु भएकाे सामाजिक सञ्जालकाे यात्रा…

0 14,258

Advertisement

२१ फाल्गुन, काठमाडौं । विश्वकै सबैभन्दा पुरानो सामाजिक सञ्जाल भनेको सिक्सडिग्रिज डटकम जुन सन् १९९७ मा उद्घाटन गरिएको थियो र सन् २००० मा बन्द भयो । निल्सेनको ‘ग्लोबल फेसेस एन्ड नेटवर्कड प्लेसेस’को रिपोर्टअनुसार सामाजिक सञ्जाल र ब्ललिङ अनलाइन क्रियाकलपमा चौथौ स्थानमा आउ छन्, व्यक्तिगत इमेलभन्दा माथि । संसारका सबै अनलाइन प्रयोगकर्तामध्ये ६७ प्रतिशत अब सामाजिक सञ्जालको साइट प्रयोग गर्दछन् र इन्टरनेटको कुल समयको १० प्रतिशत सामाजिक सञ्जालमा बिताइरहका छन् ।

एक्काइसौ“ शताब्दीले सूचना प्रविधिलाई विकासित बनाएको छभन्दा दुईमत हुदैन । सूचना प्रविधिको विकास सँगै इन्टरनेट, इमेल र वल्र्डवाइड वेबको व्यापकता बढेको छ । १८ प्रतिशत नेपालीहरू इन्टरनेट चलाइरहेका छन्, जुन कुरा अरू देशको तुलनामा कमै भए पनि नेपालका लागि दु्रत गतिमा बढ्दै गरेको प्रतिशत हो ।

१. सामाजिक सञ्जाल भनेको के हो ?

सामाजिक सञ्जाल अर्थात् सोसियल नेटवर्किङ

इन्टरनेटमा पनि धेरै खोलिने साइटहरूमा सामाजिक सञ्जाल अर्थात् सोसियल नेटवर्किङ रहेको छ । कतिका लागि त सामाजिक सञ्जाल नै इन्टरनेट हो भन्ने छाप पनि बसिसकेको छ । सामाजिक सञ्जालमा फेसबुक र ट्विटर अग्रस्थानमा रहेका छन् । सामाजिक सञ्जाल अन्तरक्रियात्मक कम्प्युटर-मध्यस्थता प्रविधि हो । जसले आभासी समुदाय र सञ्जालहरू मार्फत जानकारी, विचार, रूचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा दिन्छ।

सामाजिक सञ्जालमा पहुँच, आवृत्ति, प्रयोग, ताजापन र स्थायित्व जस्ता तत्वहरू सामेल रहेका छन्। निएलसनका अनुसार ‘इन्टरनेट प्रयोगकर्ताहरू अन्य वेबसाइटहरूको अपेक्षा सामाजिक सञ्जाल वेबसाइटहरूमा बढी समय व्यतित गर्ने गर्छन्।

वर्तमान विश्वमा दुई किसिमको सभ्यता, भर्चुअल र भौतिक सभ्यताको सुरुवात भइसकेको छ। आउने केही दशकभित्रै संसारको जनसङ्ख्याभन्दा दुई तीन गुणा बढी जनसङ्ख्या इन्टरनेटमा देखा पर्नेछन्।

वास्तवमा बदलिदो परिवेशसँगै इन्टरनेट एउटा यस्तो प्रविधिको रूपमा हाम्रो सामुन्ने आएको छ जो उपयोगको लागि सबैलाई उपलब्ध छ र सर्वहितमा छ।

कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ ।

यो वेवसाइट एवं इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधन हो । यो समुदायमा आधारित सामग्री आदानप्रदान गर्ने सञ्चार च्यानल भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो । यो सूचना आदानप्रदान गर्ने अनलाइन च्यानलहरुको सामूहिक रुप हो ।

यस्ता च्यानलहरु प्रायस् निस्शुल्क हुन्छन् । फेसबुक, युट्युब, भाइबर, ट्वीटर, आदि यसका उदाहरण हुन् । यो खासगरी क्म्प्युटर (ल्यापटप वा डेस्कटप) र माबाइल (स्मार्टफोन वा ट्याब्लेट) जस्ता उपकरणमा इन्टरनेट जडान गरी प्रयोग गरिन्छ । यसको प्रयोगको दायरा धेरै फराकिलो छ । हरेक व्यक्तिले हरेक क्षेत्रमा प्रयोग गर्न सकिने सरल प्रविधि भएकाले यो अहिले मानिसको जीवनसाथी जस्तै बनेको छ । यसमा हाल प्रायः व्यक्तिले करिब २० प्रतिशत समय बिताउने गरेको पाइन्छ

सामाजिक सञ्जालका फाइदाहरु…

सोसियल मिडिया भन्नेवित्तिकै सामाजिक सञ्जाल भन्ने बुझ्दछन् । तर, सत्यता भनेको सामाजिक सञ्जाल सोसियल मिडियाको एउटा बलियो हागाना हो । यसको प्रयोग कुन रूपमा गर्ने हो त्यसैमा भर पर्दछ । मिडिया भन्नेवित्तिकै स्वतन्त्रताको अभिव्यक्ति भन्ने बुझिन्छ । त्यसैले सामाजिक मिडियामा अझ फराकिलो र धेरै मानिससमक्ष पुग्ने माध्यम बनेको छ ।

तपाईं जे पनि पोस्ट अथवा सेयर गर्नुहुन्छ । त्यो ग्लोबल अथवा विश्वव्यापी हुन्छ, तर सबैले पढेभन्ने सोच्नु मुर्खता हुनेछ । सोसियल मिडियाले नेपालमा ठूलो फड्को मारिरहेको छ किनकि चलेको मिडिया फेसबुक र ट्विटर मात्र हैन थुप्रै नेपाली लिंक्डइन र डिग पनि चलाइरहेको पाइन्छ ।

समाजिक सञ्जालका बेफाइदा…

यसका बेफाइदाहरू पनि छन् । सन् २००९ फेब्रुअरीमा माइस्पेसमा करिब ९० हजार रजिस्टर्ड सेक्स कृतापराधी भेटिए । फेसबुकले भने यसबारे तथ्यांक सार्वजनिक गर्न चाहेन । जति कोसिस गरे पनि त्यस्ता कृतापराधीलाई पत्ता लगाउन वा उनीहरूलाई नयाँ खाता खोल्न नदिन गाह्रै छ । सामाजिक सञ्जालका साइटले साइबर बुलिङ ल्याउ“छ ।

सन् २००९ को एउटा अध्ययनका अनुसार १७.५ प्रतिशत निम्न माध्यमिक तहका विद्यार्थी साइबर बुलिङको सिकार बनेका छन् । सबै सामाजिक सञ्जालका साइट राम्रा नहुन सक्छन्, छानेर प्रयोग गर्नुपर्छ । सामाजिक मिडिया राम्रो हो, यो हाम्रो आधुनिक संस्कारको पाटो हो भन्नेहरू छन् र अर्कोपट्टि तिनीहरू खतरा र जोखिमले भरिपूर्ण छ भन्नेहरू पनि नभएका होइन तरिकाले नै यो कति छन्, यसको प्रयोग गर्ने तरिकाले नै यो कति राम्रो नराम्रो भन्ने छुट्याउन सकिन्छ ।

एजेन्सीहरुकाे सहयाेगमा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.