Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेत्रविक्रम चन्द समूहकाे राजनीति किन र केका लागि? पावर र पैसाका निम्ति नहाेस्; पुर्व लडाकु

0 90

२१ फाल्गुन, काठमाडौं । नेत्रविक्रम चन्द खुल्ला राजनीतिमा आउने समाचारले नेपाली राजनीतिमा हरियाे झन्डा देखाउने हाेडमा छन् ।

नेत्रविक्रम चन्द समूह र सरकारबीच भएको तीनबुँदे सहमतिपछि नागरीक खुसी भएका छन् । १० वर्षे द्वन्द्वका क्रममा १७ हजारले ज्यान गुमाएका थिए । पुनः चन्द समूहले हिंसात्मक गतिविधि सञ्चालन गर्न थालेपछि पुरै नेपाली त्रसित बनेका थिए ।

२०७४ को स्थानीय चुनावमा चन्द समूह र प्रहरीबीच झडप हुँदा राप्रपाबाट वडाध्यक्षका उम्मेदवार गोर्ख बटालाले ज्यान गुमाएका थिए । उनकी पत्नी मनसराले देशमा दिगो शान्ति आउनुपर्ने बताइन् ।

गत फागुन ३ मा चन्द समूहको जनपरिषद्ले कालीकोटका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलाई छुट्टाछुट्टै पत्र बुझाएर राजीनामा मागेको थियो । अब त्यस्ता त्रासबाट छुटकारा पाइने खाँडाचक्र नगरपालिकाकी उपमेयर विजया विष्टले बताइन् ।

सरकारको अवस्था जे–जस्तो भए पनि विद्रोह गरेर राज्यविरुद्ध गतिविधिमा संलग्न समूहलाई शान्तिको बाटोमा ल्याउनु सकारात्मक भएको उनको भनाइ छ ।

सशस्त्र द्वन्द्वमा माओवादीको आधार इलाकाका रूपमा चिनिएको कालीकोटमा पुनः चन्द समूहले संगठन विस्तारलाई तीव्रता दिएको थियो । ‘जनक्रान्ति’ मा होमिए पनि अहिलेकै व्यवस्थामा जनताका समस्या समाधान हुने वातावरण बनेको चन्द समूहका जिल्ला इन्चार्ज मनिलाल ऐडीले बताए । ‘जनतालाई संगठित गर्दै अनियमितताविरुद्ध खबरदारी गर्ने अभियान भने जारी नै छ,।’खुल्ला बन्द र फेरि खुल्लाको यो चक्रको अन्तरकथाभित्र थुप्रै प्रश्न चाङ लागेका छन् ।

यसको हिसाव किताव हुन जरुरी छ । अरु पेशामा लाग्नका लागि न्यूनतम योग्यता निर्धारण गरिएका हुन्छन् । तर नीतिहरुको राजा हाँक्ने राजनीतिज्ञको योग्यता जेल र गुण्डागर्दीमा नापिन्छ । राजनीति सेवा हो । यसको कार्यालय कहिल्यै बन्द हुँदैन् । राजनीतिका चालकको शब्दकोषमा विश्राम लेखिएको हुँदैन । उनीहरुको कमाई र सञ्चयकोष भनेका जनता हुन् । 

जसरी पुलिसमा मान्छे थुन्दा पनि कमाउ धन्दा, थुनुवा निकाल्दा पनि कमाउ धन्दाको राजनीति चल्छ, राजनीतिमा पनि भूमिगत होस या सार्वजनिक जता पनि कमाईका बाटा खुल्छन् । राजनीति नीतिहरुको राजा नभएर राजा बनाउने नीतिमा अनुवाद हुँदै गएको छ ।

नेपालका जुनसुकै कम्युनिष्टहरुको राजनीति भूमिगतबाट आरम्भ भएको छ । दरबारले बनाएका कम्युनिष्ट छोडेर बाँकी सबै कम्युनिष्ट गाउँको सिधोपीठोमा हुर्किएका हुन् । गरिबको गीत गाउँदासम्म उनीहरुलाई जनताले माया दिएकै हुन् ।

आफ्नो मजेत्रो ओढाएर पुलिसको नजरबाट बचाएकै हुन् । भाग काटेर ख्वाएकै हुन् । माले, माक्र्सवादी, मसाल, जनमोर्चा जुनसुकै नाममा स्थापित कम्युनिष्टको भावभूमि गाउँ नै हो । जब गरिबको गीत गाएर उनीहरु आफैं धनी बन्ने यात्रामा लाग्छन, त्यसपछि गाउँसंगको सम्बन्ध चंगा चेट हुनपुग्छ ।
 
प्रचण्डलाई नेता बनाउन हिजो नेत्रविक्रमले समय खर्चिए । प्रचण्ड हिँडेको बाटो साँघुरो लागेपछि आफैं भूमिगत भए । प्रचण्डलाई जस्तै राज्यबाट निम्तो पाएपछि वार्ताका लागि तयार भए । राज्यमा अवसरका बाटाहरु खुलेपछि सार्वजनिक हुने निधोमा पुगे ।

विप्लव खुल्ला राजनीतिमा आएपछि नेपाली जनताले के पाउँछन् ?
स्वाभाविक त्रासको एउटा अध्याय समाप्त हुन्छ । उनका कार्यकर्ताले रोजगारी पाउँछन् । राजनीतिमा हिङदेखि हर्दीसम्मको व्यापार फस्टाउँछ । सप्तरीको बरमझियामा बुढाको पेडा पसल ठम्याउन हम्मे भएझैं राजनीतिक व्यापारमा अर्को सटर खुल्छ ।

भूमिगत हुँदा त्यो पार्टीका नेता कार्यकर्ताले गरेका कुकर्मको हिसावकिताव हुँदैन् । बरु उनीहरुको २०६ वटा हड्डी हँसाउन प्रयत्न हुन्छन् । उनीहरुका घुर्की क्षम्य हुन्छन् । दिनुको विकल्प दिनुको प्रतिरक्षाको अवस्थामा सरकार बस्छ । सरकारभन्दा व्यक्ति शक्तिशाली हुने होड स्वाभाविक रुपमा बढ्छ । त्यो पार्टीका एकाध दर्जन बाहेक अरु खाडीका लागि योग्य बन्छन् । यो खेल राजनीतिकै अविश्राम ‘म्युजिकल चियर’ बन्ने खतरा बढ्छ ।

नेपालमा कम्युनिष्टका लागि कम्युनिष्ट नै खतरा हो । हिजो दशकौं कुम जोडेका नेताहरु आज एक अर्कालाई सिध्याउने षडयन्त्रमा जुटेका छन् । केपी ओलीको विकल्प शेरबहादुर देउवा देख्ने कम्युनिष्टका लागि यो भन्दा ओरालो यात्रा अरु हुनै सक्दैन् । त्यसैपनि दुई तिहाई जनमतप्राप्त ओली सरकारलाई खरानी बनाउने खेल आफैंमा विडम्बना हो । 

सुशासन त्यो हो
जहाँ राज्यका क्रियाप्रति कमभन्दा कम प्रतिक्रिया आउन् । त्यो बाटोबाट राजनीति च्यूत भइसकेको छ । अब बाँकी आत्मरति मात्रै हो । किताव र घोषणापत्रमा लेखिएका आश्वासन उपलब्धि होइनन् । उपलब्धि त अनुभूतिमा आउनुपर्छ ।

जसरी प्लास्टिकको फूलमा मौरी आकर्षित हुँदैन, त्यसरी नै घोषणापत्रमा लेखिएका विषयको स्वामित्व जनताले लिँदैनन् । घोषणापत्र जनताको हाँसो फुल्नुपर्छ । नत्र कुनै दल भूमिगत हुनु या खुल्ला राजनीतिमा आउनुको अर्थ रहँदैन् ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.