Advertisement

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट

0 319

Advertisement

२८ असार, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । असार २५ गते शुक्रवार प्रि–अलोटमेण्ट गरेको कम्पनीको आईपीओको अन्तिम बाँडफाँट सोमवार विहान भएको हो ।

विक्री प्रबन्धक एनएमबि क्यापिटलको नक्साल, काठमाडौंमा रहेको कार्यालयमा १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदकहरुलाई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा न्यूनतम १० कित्ताका दरले ३६ हजार ३४९ जना आवेदकहरुले शेयर हात पारेका छन् । पहिलो चरणमा बाँडफाँट गरी बाँकी रहेको २ कित्ता शेयर यी मध्य २० कित्ताभन्दा बढी माग गर्ने दुई जना आवेदकलाई गोलाप्रथाको माध्यमबाट फेरी एक एक कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । यसरी हेर्दा कम्पनीको आईपीओ बढीमा ११ कित्तासम्म बाँडफाँट गरिएको छ ।

कम्पनीले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा ३ लाख ६३ हजार ४९२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । । सर्वसाधारणका लागि छुट्याईएको कुल रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओमध्य कम्पनीले ंयस अघिनै शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषमा बाँडफाँट गरिसकेको छ । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओको अन्तिम बाँडफाँट सोमवार गरिएको हो ।

कम्पनीको आईपीओ खरिदका लागि १९ लाख ५४ हजार २७४ जना आवेदकहरुबाट २ करोड ५१ लाख ३३ हजार २९० कित्ता शेयर खरिदको माग भएको थियो । यी मध्य रितपूर्वक आवेदन नदिएका २ हजार ७५३ जनाबाट प्राप्त ३७ हजार ९२० कित्ता शेयर रद्ध भएको छ । योग्य आवेदकहरुमध्य पनि १९ लाख १५ हजार १७२ जनाको हात खाली भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड २२ लाख ५० हजार रहेको छ । संस्थापक तर्फ ६७ दशमलव ८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ११ प्रतिशत आईपीओ वितरण गरेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १२ करोड ११ लाख ५० हजार कायम भएको छ । बाँडफाँटमा शेयर प्राप्त गर्ने आवेदकहरुले कम्पनीले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराएपश्चात मात्र कारोबार गर्न सक्नेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.