Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

अमेरिकाले पठाएको कोरोना खोप नेपाल आइपुग्यो, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण (भिडियोसहित)

0 83

२८ असार, काठमाडौं । कोरोनाविरुद्धको अमेरिकी खोप नेपाल आइपुगेको छ । बिहान १० बजे कतार एयरबाट जोनसन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० मात्रा खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे।

नेपाललाई प्रदान गरिएको खोपले करिब १५ लाख मानिसलाई पुग्ने बताइएको छ । खोप कुन उमेर वा व्यक्तिलाई दिने भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन । तर वैदेशिक रोजगार वा कुनै काममा विदेश जाने र शिक्षकलगायतलाई दिने विषयमा छलफल चलिरहेको बताइएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.