Advertisement

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममा सम्पदा संरक्षणमा जोड

0 735

Advertisement

०४ असार, काठमाडौं । विगतको वर्षमा जस्तै यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा सम्पदा संरक्षण गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।

कामपाले बिहीबार आगामी आव २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । जसमा कामपा क्षेत्रभित्रका अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि परम्परागत बाजा सिकाउने गुरु, सामुदायिक गुम्बाको सञ्चालनमा संलग्न प्रमुख लामालाई सम्मान गर्ने कार्यलाई निरन्तर दिइने उल्लेख छ ।

त्यसैगरी सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण योगदान गर्दै आइरहेका गुठी, बाजा खलः, भजन खलः, जात्रा, परम्परागत नाचसँग सम्बन्धित सङ्घसंस्थालाई आर्थिक सहयोग उपलब्ध गराइने भएको छ । हनुमानढोका दरबार क्षेत्रमा अवस्थित महादेव पार्वती मन्दिर तथा कुमारीघरको जीर्णोद्वार कार्य शुरु गरिनेछ । थापाथली पुलबाट शङखमुलसम्मको नदी किनारालाई हरियाली तथा खुला क्षेत्रका रूपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

भद्रकाली मन्दिर र महाँकाल मन्दिर परिसरको विकास, मर्मतसम्भार तथा जीर्णोद्वार कार्य यसै आवमा शुरु गर्ने, महानगरपालिकाले हालसम्म निर्माण, पुनःनिर्माण र जीर्णोद्धार गरेका मूर्त सम्पदाको अभिलेखीकरण र प्रकाशन गर्नेजस्ता कुरा पनि उल्लेख गरिएको छ ।

ठमेल र वसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाइने

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ठमेल र वसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाई पर्यटक आकर्षण क्षेत्रका रूपमा विकास गरिनेछ । कामपा क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय सम्पदाको पहिचान र डिजिटल माध्यमबाट अभिलेखीकरण गरी यस्ता स्थलको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

“पशुपतिनाथलगायत दर्शनार्थीको धेरै चाप हुने धार्मिकस्थलका सरोकारवालाको सहयोगमा दर्शनका लागि पंक्ति व्यवस्थापन प्रणाली व्यवस्था गरिनेछ । आर्थिक समृद्धिमा पर्यटन भन्ने मूलमन्त्रलाई आत्मसात गरी पर्यटन प्रवद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, संवद्र्धन र विस्तारमा जोड दिने नीति लिइनेछ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.