Advertisement

प्रशिक्षक जिनेदिन जिदान ध्यान रियल म्याड्रिडमै

0 763

Advertisement

०४ जेठ, एजेन्सी । रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान सुखद रुपमा सिजनको अन्त्य गर्न चाहन्छन् । त्यसका लागि उनले आफू ला लिगाको आफ्नो टोलीको अन्तिम खेलमा केन्द्रित रहेको बताएका छन् ।

आइतबार एथलेटिक क्लबलाई १–० ले हराउँदै उपाधि जित्ने सम्भावनालाई यथावत राखेको छ । यद्दपी आफूले जितेर मात्र रियल च्याम्पियन हुने अवस्था भने छैन । शीर्षस्थानको एटलेटिको म्याड्रिडको रियलको भन्दा २ अंक बढी छ ।

आइतबार एकै समयमा भएको खेलमा एटलेटिकोले ओसासुनलाई २–१ ले हराएको थियो । सेल्टा भिगोसँग २–१ ले पराजित भएसँगै तेस्रो स्थानको बार्सिलोना भने उपाधि दौडबाट बाहिरिएको छ । एटलेटिकोको ८३, रियलको ८१ र बार्सिलोनाको ७६ अंक छ ।

अन्तिम खेलमा एटलेटिको बराबरी वा पराजित भएको खण्ड र आफू विजयी भएको अवस्थामा मात्र रियल च्याम्पियन बन्नेछ । अन्तिम खेलमा रियलले घरेलु मैदानमा आइतबार भिल्लारियलको सामना गर्नेछ । एटलेटिकोले रियल भालाडोलिडसँग खेल्नेछ ।

‘हामी आफ्नो खेल खेल्नेछौं । भिल्लारियलविरुद्धको खेल कठिन हुनेछ । त्यसैले हामी आफ्नो खेलमा केन्द्रित हुनेछौं’, आइतबारको जितपछि जिदानले भनेका छन् ।

आइतबार बिहान जिदानले आफ्नो खेलाडीलाई सिजनको अन्त्यसँगै क्लब छाड्ने बताएको समाचार प्रकाशित भएको थियो । तर फ्रान्सेली प्रशिक्षकले त्यो भनाई अस्वीकार गरेका छन् ।

‘जति बेला हामी उपाधि होडको निर्णायक मोडमा छौं त्यति बेला आफ्ना खेलाडीलाई म छोड्दैछु भन्न सक्छु । बाहिर कसले के भन्दा त्यो उनीहरुको रुचीको विषय भयो । मैले त्यस्तो कहिल्यै भन्न सक्दिन’, उनले भने, ‘सिजनको अन्त्य के हुन्छ त्यो हेरौं । तर अहिले हामी अन्तिम खेलमा केन्द्रित छौं । मैले आफ्नो भविष्यका बारेमा सुरुवातबाट एउटै भनाई राख्दै आएको छु ।’

रियल र एथ्लेटिकबीचको खेलपनि भिएआरका कारण विवादित रह्यो । रियलको पेनाल्टी बक्समा एथलेटिकका खेलाडीको ह्यान्ड बल भएपनि पेनाल्टी दिएन ।

‘हामीले यस्तो विषयमा पहिला पनि भनिसकेका छौं । म यो विषयमा समावेश हुन चाहन्न’, जिदानले थपे, ‘मलाई विश्वास छ रेफ्रीले आफ्नो काम सम्भव भएसम्म राम्रो गर्छन् । यो सत्य हो कि त्यो ह्यान्ड बल थियो भनिएको छ । तर रेफ्रीले आफ्नो काम गर्छन् ।‘

जिदानले फेरि एक पटक इडन हाजार्डलाई बेन्चबाट सुरुवात गरेका छन् । ‘हाजार्डका विषयमा केहि भएको छैन । यो समयमा अरु खेलाडीले खेलिरहेका छन्’, उनले प्रष्ट पारे, ‘मैले ११ जना छान्नु पर्छ त्यति हो । अरुले जस्तै उनले पनि योगदान गरे । मैले हरेक साता ११ जना खेलाडी छान्नुपर्ने हुन्छ ।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.