Advertisement

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान, ३३ लाख ४६ हजार वितरण

0 28

Advertisement

१४ चैत्र, वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले यहाँका आठ सय ७६ दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ। चालू आर्थिक वर्ष २०७९/८० को पहिलो किस्ताबापत प्रतिलिटर १५ का दरले ३३ लाख ४६ हजार नौ सय १२ अनुदान किसानलाई उपलब्ध गराएको हो।

आयआर्जनका लागि दूध उत्पादन कार्यक्रमअन्तर्गत उत्पादनमा आधारित रहेर प्रतिलिटर १५ रुपैयाँ अनुदान दुग्ध उत्पादक किसानलाई उपलब्ध गराउँदै आएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए।

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको रकम पहिलो किस्तास्वरुप उपलब्ध गराइएको उनले बताए। गल्याङ नगरपालिकाले किसानहरुलाई प्रोत्साहन गर्नका लागि चालू आर्थिक वर्षमा एक करोड रकम विनियोजन गरेको उपप्रमुख हेमा न्यौपानेले बताइन्।

नगरपालिकाले प्रतिलिटर १५ अनुदान उपलब्ध गराउँदै आएकाले किसानहरु पछिल्लो समय दूध उत्पादनतर्फ आकर्षित हुँदै गएका छन् उत्पादन पनि वृद्धि हुँदै गएको उपप्रमुख न्यौपानेले दाबी गरिन्।

नगरपालिकाले नगरभित्रका विभिन्न १८ वटा दुग्ध संकलन केन्द्रमा नेपाल सरकारको दुग्ध विकास संस्थानले निर्धारण गरेको मूल्यमा दूध उपलब्ध गराउने किसानलाई प्रतिलिटर १५ अनुदान उपलब्ध गराउँदै आएको हो।

सहकारी, संकलन केन्द्र, फार्म गरी कूल १८ वटा स्थानमा आठ सय ७६ जनाले दुग्ध उत्पादक किसानहरुले संकलन गरेको दूधका आधारमा प्रतिलिटर १५ का दरले अनुदान उपलब्ध गराइएको पशु शाखा प्रमुख सुशील अर्यालले बताए।

सबैभन्दा धेरै दूध उपलब्ध गराएबापत धेरै अनुदान प्राप्त गर्ने गल्याङ–१ मालुङ्गाको बिन्ध्यवासिनी कृषि पशु फार्म रहेको छ। उक्त फार्मले दुई लाख २३ हजार अनुदान प्राप्त गरेको छ। सहकारीहरुमध्येबाट गल्याङ–२ बटुवामा रहेको बटुवा दुग्ध उत्पादक सहकारी संस्थाले रु पाँच लाख नौ हजार ६ सय ९२ रकम प्राप्त गरेको शाखाप्रमुख अर्यालले बताए।

गल्याङ नगरपालिका–९ मा सबैभन्दा धेरै दुग्ध उत्पादक सहकारी तथा सङ्कलन केन्द्रहरु रहेका छन्। उक्त वडामा मात्रै छवटा सङ्कलन केन्द्र छन्। गल्याङ नगरपालिकाका ११ वडामध्ये दूध उत्पादनमा अनुदान कार्यक्रम वडा नं १, २, ३, ६, ७, ८, ९ र ११ मा रहेको छ।

गल्याङ नगरपालिकाभित्रका १८ वटा संकलन केन्द्रहरुमध्ये केहीमा हरेक दिन बिहानसाँझ गरी दुईपटक दूध संकलन हुने गरेको छ। यहाँ सङ्कलन भएको दूध बुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीले लैजाने गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.