Advertisement

भारतमा शनिबार दुई ठाउँमा विमान दुर्घटना, तीन जनाको मृत्यु

0 32

Advertisement

१४ माघ, काठमाडौं । भारतमा शनिबार बिहान भएका दुईवटा विमान दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। ग्वालियरबाट एकैसाथ उडान भरेका भारतीय वायु सेनाका फाइटर जेट एक आपसमा ठोक्किएका थिए।

शनिबार बिहान सुखोई–३० र मिराज २००० विमान आपसमा ठोक्किएर दुर्घटनामा परेका हुन्। उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मध्य प्रदेशको मोरेनामा वायुसेनाको सुखोई–३० एमकेआई र मिराज–२००० विमान दुर्घटनाग्रस्त भएको रक्षा स्रोतले जानकारी दिएको छ। दुवै विमान ग्वालियर एयरबेसबाट उडेका थिए। घटनास्थलमा वायुसेनाका अधिकारी र जिल्ला प्रशासन कार्यालय पुगेका छन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका थिए। घटनास्थलमा गाउँलेहरूको भीड जम्मा भएको जनाइएको छ। यस्तै शनिबार नै भारतमा एक अर्को चार्टर्ड विमान पनि दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको बताइएको छ।

आगराबाट उडान भरेको चार्टर्ड विमान राजस्थानमा दुर्घटनाग्रस्त भएको बताइएको छ। अहिलेसम्म उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.