Advertisement

टेकु अस्पतालमा कोरोना सङ्क्रमितकाे संख्या बढ्दै, ६८ गम्भीर, १३ जना अति गम्भीर

0 513

Advertisement

१७ वैशाख, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा केही दिन अघिमात्रै अस्पताल प्राङ्गणमा कोरोना विरुद्धको खोप लगाउनेको लाइन देखिन्थ्यो । तर, अहिले सङ्क्रमित भएर उपचारका लागि अस्पताल आउनेको भीड देखिन थालेको छ । विहीबारसम्म टेकुमा उपचाररत ६८ सङ्क्रमितको अवस्था गम्भीर रहेको अस्पतालका निर्देशन डा.सागर राजभण्डारीले बताउनुभएको छ । उहाँले ६८ जनामध्ये १३ जनाको अवस्था अझ नाजुक रहेको बताउनुभयो ।

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै उपचारका लागि टेकु अस्पताल पुगेको सङ्ख्या पनि बढ्दै गएको निर्देशक राजभण्डारीले बताउनुभयो । ‘कोरोना सङ्क्रमित दिनानुदिन बढ्दैछ, अस्पताल आउनेको संङ्ख्यामा पनि वृद्धि भइरहेको छ,’ उहाँले भन्नुभयो,‘उपचारका लागि अस्पताल आउने सङ्क्रमितलाई कहाँ राखेर उपचार गर्ने भन्ने समस्या थपिएको छ ।’ उहाँका अनुसार उपचारका लागि स्वास्थ्यकर्मी तयार रहेपनि स्रोत साधनका अभावका कारण उपचारका समस्या हुने गरेको बताउनुभयो ।

‘अस्पतालमा कोरोनाका विरामीको उपचारका लागि बेड क्षमता जम्मा ६० रहेको छ । अहिले त्यसलाई बढाएर ७० पुग्याएका छौं,’ उहाँले भन्नुभयो, ‘अस्पताल सानो छ अझै बेडको अवश्यक पर्छ । तर, राख्ने ठाउँ छैन । हामीले बाहिरै बेड राखेर भएपनि सङ्क्रमित बिरामीको उपचार गरिरहेका छौ ।’

अस्पतालमा उपचारका लागि आउने गम्भीर बिरामीबाहेकका सामान्य बिरामीलाई अन्य अस्पतालसँग समन्वय गरेर बेड खाली भएको ठाउँमा पठाउने गरेको उहाँले बताउनुभयो । अस्पतालमा उपचार सङ्क्रमित बिरामीको निःशुल्क उपचार गर्दै आएको समेत उहाँले बताउनुभयो ।
‘यहाँ उपचाररत सङ्क्रमितले उपचारको पैसा पनि तिर्नुपर्दैन, खाना, खाजाको पनि पर्दैन,’ निर्देशक राजभण्डारीले भन्नुभयो, ‘उहाँहरुलाई हामीले निःशुल्क उपचार गरिरहेका छौं ।

तर, नयाँ भेरियन्टको कोरोना सङ्क्रमितमध्ये ९० प्रतिशतलाई अक्सिजन दिनुपर्ने हुन्छ । अक्सिजन पर्याप्त नहुँदा समस्या भएको छ ।’ स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना सङ्क्रमित भेटिएका हुन् । यसैगरी पछिल्लो २४ घण्टामा चार हजार ९२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे पनि हेर्नुहाेस् :

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.