Advertisement

जजिरा एयरवेजद्वारा आधा उडान कटौती

0 178

Advertisement

३१ असाेज, भैरहवा । भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेज पहिलो चार महिनामा आशा गरेभन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएको थियो । गत २ जेठदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दुवै तर्फबाट हवाई यात्रु बढी भएपछि ३१ भदौदेखि दैनिक १ उडान सुरु गरेको थियो ।

तर कुवेतबाट आउने यात्रु पर्याप्त भए पनि भैरहवाबाट त्यसतर्फ जाने यात्रुहरु अपेक्षाअनुसार नभएपछि २७ असोजदेखि दैनिक उडान कटौती गरी साताको तीनमा सीमित गरेको छ। जजिरा एयरवेजका नेपाल म्यानेजर अमित नागरथले यात्रु अभाव भएपछि उडान कटौती गरी साताको तीन वटामात्रै उडान भएको जानकारी दिए। यो समाचार कारोबार दैनिकमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.