Advertisement

काठमाडौं महानगरभित्र असोज १ गतेदेखि सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध

0 147

Advertisement

३१ भदाै, काठमाडौँ । काठमाडौंमा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन गर्न निषेध गरिने भएको छ । काठमाडौं महानगरका अनुसार असोज १ गतेबाट सार्वजनिक स्थलमा धुम्रपान र सुर्ती सेवन गरेमा जरिवाना समेत गरिने छ ।

काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशनबाट सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित भएकोले सोको कार्यान्वयन गर्ने भन्दै महानगरले बिहीबार सूचना निकालेको हो ।’चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको छ ।’– महानगरको सूचनामा भनिएको छ।

महानगरले सार्वजनिक स्थलमा धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने, अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहित गर्ने, सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त गर्ने / गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न सबैमा अनुरोध समेत गरेको छ।

सार्वजनिक स्थललाई धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवन नगर्ने स्थल बनाउन काठमाडौं महानगरपालिकाबाट सूचना जारी भइसक्दा पनि उल्लङ्घन गरेमा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत गरिने काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.