Advertisement

प्रभु बैंक २ अर्ब भन्दा माथिको नाफामा

0 523

Advertisement

१३ बैशाख, काठमाडौं । प्रभु बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब १० करोड ९६ लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सोमवार सार्वजनिक गरेको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यय वर्ष खुद नाफा ४४ प्रतिशत बढी भएको हो ।

गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा १ अर्ब ४६ करोड ४१ लाख ६१ हजार रुपैयाँ थियो । यस वर्ष सञ्चालन नाफा ४६ दशमलव ८५ प्रतिशत बढी भएकाले बैंकको खुद नाफामा बृद्धि भएको हो । गत वर्ष २ अर्ब ८ करोड १३ लाख ९६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष ३ अर्ब ५ करोड ६४ लाख ८८ हजार रुपैयाँ यो नाफा गरेको छ । तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा १ अर्ब ५९ करोड ३९ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

१० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ पु¥याएको बैंकको जगेडा कोष रकम ५ अर्ब ९९ करोड ८१ लाख ३१ हजार रुपैयाँ रहेको छ । बैंकले गत वर्षभन्दा २७ दशमलव २२ प्रतिशत बढी १ खर्ब ६३ अर्ब ७८ करोड १० लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३५ दशमलव १२ प्रतिशत बढी १ खर्ब ३४ अर्ब ३० करोड ३७ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष बैंकको निष्क्रिय कर्जा घटेको छ । गत वर्ष २ दशमलव ९५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ४८ प्रतिशतमा झरेको हो । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २४ दशमलव ७९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५२ दशमलव ८६ रुपैयाँ रहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.