Advertisement

राप्तीमा घाँसको विउँ भण्डार, प्रशोधन केन्द्र भवन शिलान्यास

0 556

Advertisement

तिर्थराज ज्ञवाली

१३ बैशाख, मौरिघाँट(देउखुरी दाङ)। राप्ती गाउँपालिका दाङ र नेपाल सरकार कृषि पशु तथा पंक्षि विकास मन्त्रालयको सहकार्य र नेपाल लाईभ स्टक सेक्टर ईनोभेसन विकेन्द्रित आयोजना सहयोग ईकाई बुटवलको आर्थिक सहयोगमा घाँसको विउँ भण्डार, प्रशोधन केन्द्र भवनको शिलान्यास गरिएको छ ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले शिलान्यास गर्नुभएको घाँसको विउँ भण्डार, प्रशोधन केन्द्र भवन मौरिघाँटमा निर्माण हुन लागेको छ । घाँसको विउँ भण्डार, प्रशोधन केन्द्र ५० लाखको बजेटमा निर्माण सम्पन्न गर्ने योजनाका साथ काम सुरु भै रहेको राप्ती गाउँपालिका पशु सेवा शाखा प्रमुख शेर बहादुर हमालले जानकारी दिनु भएको छ ।

४ कोठा एक तल्ले आर सि सि फ्रेम स्टकचर रहने भुकम्प प्रतिरोधात्मक भवन केन्द्रिय डिजाईन अनुसार आगामी असार मसान्त सम्म निर्माण सम्पन्न गरिने राप्ती गाउँपालिकाका ईन्जिनियर अशोक बेल्वासेले जानकारी दिनु भएको छ ।

श्री अभियन्ता थापा जेभि बुटवल निर्माण कम्पनीले काम सुरु गरेको घाँसको विउँ भण्डार, प्रशोधन केन्द्रको भवनद्धारा घाँसका विउ ग्रेडिङ गर्ने, प्याकिङ गर्ने, प्रशोधन गर्ने र भण्डारण गर्ने काम हुने छ ।

स्थानिय कृषकहरुलाई तालिम, विउ विजन प्रदान गरि विभिन्न घाँसका जिउ उत्पादन गरि सरल तरिकाले आम कृषकलाई विउ उपलब्ध गराईने योजना रहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.