औषधि व्यवस्था विभागका तीन जना कर्मचारीमा कोरोना संक्रमण, नविकरण बाहेक अरु काम स्थगित
१२ बैशाख, काठमाडौं । औषधि व्यवस्था विभागका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। दुई जना फार्मेसी निरीक्षक र एक जना व्यवस्थापकलाई संक्रमण देखिएपछि विभागले आफ्नो नियमित कामहरु प्रभावित भएको जनाएको छ।
नविकरणबाहेक अरु काम तत्कालका लागि स्थगित गरिएकाे विभागले जानकारी दिइकाे छ।
कर्मचारीमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका विभागका महानिर्देशक भरत भट्टराईसहित ८ जना बढी कर्मचारीहरु होम आइसोलेसनमा बसेका छन्।
उनीहरु पीसीआर जाँच गरेपछि मात्रै कार्यालय उपस्थित हुने वा नहुने निर्णय हुने विभागले जनाएको छ।