Advertisement

पञ्जाव किङ्ग्सको दोस्रो जित

0 287

Advertisement

११ बैशाख, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार पञ्जाब किङ्ग्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गर्दै अंक तालिकामा महत्त्वपूर्ण २ अंक जोडेको छ । पहिला ब्याटिङ गरेको मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पञ्जावले उक्त लक्ष्यलाई एक विकेटको क्षतिमा १४ बल अगावै पूरा गरेको हो ।

पञ्जावको जितमा कप्तान केएल राहुलले अर्धशतकीय पारी खेल्दै ६० रन बनाए भने क्रिस गेलले ४३ रन जोडे । यसअघि मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेल्दै स्कोरलाई सम्मानजक अवस्थामा पु¥याएका थिए । निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मुम्बईले १३१ रन बनाएको थियो ।

मुम्बईका लागि रोहितले ६३, सूर्यकुमार यादवले ३३ र किरन पोलार्डले १६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । पञ्जावका लागि मोहम्मद शामी र रवि बिस्नोइले किफायती बलिङ गरे । शामीले चार ओभरमा २१ रन खर्चिएर दुई विकेट लिए भने बिस्नोइले दुई विकेटका लागि २१ रन नै खर्चिएका थिए ।

पाँच खेलमा दोस्रो जितसँगै पञ्जाव किङ्ग्स अंक तालिकाको पाँचौं स्थानमा पुगेको छ । पाँच खेलमा तेस्रो पराजयका बाबजुद मुम्बई चौथो स्थानमा कायम छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.