२८असाेज, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भारतमा भेटवार्ता भएको छ। भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबिच मंगलबार भेटवार्ता भएको हो।
भेटमा द्विपक्षीय सुरक्षा सहयोग सुदृढीकरण, सीमा व्यवस्थापनको विषयमा छलफल भएको भारतका गृहमन्त्री शाहले बताएका छन्।‘नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री माननीय सुधन गुरुङसँग भेटघाट गर्न पाउँदा खुसी लाग्यो। हामीले यस क्षेत्रमा शान्ति, प्रगति र समृद्धिका लागि भारत र नेपालबिचको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ बनाउने तथा द्विपक्षीय सहयोगलाई अझ गहिरो बनाउने हाम्रो प्रतिबद्धता दोहोर्यौँ’, शाहले भनेका छन्।
सोमबार दिल्ली पुगेका गृहमन्त्री गुरुङ आज असोज २८ गने स्वदेश फर्किने तालिका छ। गृहमन्त्री गुरुको यो पहिलो विदेश भ्रमण हो।


+ There are no comments
Add yours