०५ असोज, काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार पनि जारी रहने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा अधिवेशन हुनेछन् ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत १ असोजदेखि वडा अधिवेशन सुरु भएको थियो ।
निर्वाचन समितिका अनुसार आइतबारसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भइसकेको छ ।
रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाहेक सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ तथा परासी क्षेत्र नम्बर २ का बाँकी वडामा आज अधिवेशन हुनेछन् ।


+ There are no comments
Add yours