अमेरिकी सेनाको एमक्यू-९ ड्रोन खासेलेको इरानको दाबी

०२ असाेज, काठमाडौँ । इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले क्वेसम एयरफिल्डमा अमेरिकी सेनाको एमक्यू-९ ड्रोन खसालिएको दाबी गरेको छ।

बीबीसी फारसीका अनुसार, आईआरजीसीको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा बिहीबार बिहान स्थानीय समयअनुसार १०:१२ बजे ‘आधुनिक वायु रक्षा प्रणाली’द्वारा ड्रोन खसालिएको उल्लेख छ।

विज्ञप्तिअनुसार, नष्ट गरिएको ड्रोन अमेरिकी सेनाको थियो र यसले क्वेसमलाई निसाना बनाएको थियो। आईआरजीसीले अगाडि भनेको छ, ‘यो इरानी सेनाद्वारा नष्ट गरिएको ५३औँ अमेरिकी ड्रोन हो।’ यस विषयमा अमेरिकी अधिकारीहरूबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

You May Also Like

More From Author

+ There are no comments

Add yours