०३ असार, काठमाडौँ । टोयोटाका अध्यक्ष र अटोमोटिभ उद्योगका सबैभन्दा प्रमुख आवाजहरू मध्ये एक अकियो टोयोडाले विद्युतीय सवारी साधनहरूतर्फ निर्माताहरूको ठूलो परिवर्तनको बारेमा आफ्नो चिन्ता व्यक्त गरेका छन्।
टोयोडाले आफ्नो सबैभन्दा ठूलो डर भनेको “सबैजना विद्युतीय सवारी साधनहरूमा स्विच गर्दैछन्” भन्ने हो र आन्तरिक दहन इन्जिनहरूको बचाउमा “धेरै एक्लो” महसुस गरेको बताएका छन्।
टोयोडाले उद्योगले केवल विद्युतीय सवारी साधनहरूमा मात्र भर पर्नु नहुने र हाइब्रिडका साथै हाइड्रोजन इन्जिन जस्ता समानान्तर रूपमा अन्य प्रविधिहरू पनि विकास गर्नुपर्छ भन्ने विचारको वर्षौंदेखि वकालत गर्दै आएका छन्।
विद्युतीय सवारी साधनहरूतर्फ बढ्दै गएको ट्रान्जिसनले रोजगारीलाई खतरामा पार्न सक्छ र चार्जिङ पूर्वाधार अझै विकसित नभएका क्षेत्रहरूमा धेरै प्रयोगकर्ताहरूलाई पछाडि छोड्न सक्छ भनि उनले थप बताएका छन्।
उनले परम्परागत इन्जिनहरूको “गन्ध, ध्वनि र रोमाञ्च” मन पराउने बतएका छन् र उद्योगका साथै तिनीहरूमा निर्भर आपूर्तिकर्ताहरूलाई जोगाउन चाहेको उल्लेख गरेका छन्। टोयोडाले अधिकांश प्रमुख अटोमेकरहरू अब विद्युतीय सवारी साधनहरूतर्फ बढ्दै गएको स्वीकार गरेका छन्।
उनको अडानका बाबजुद पनि, टोयोटाले विद्युतीय सवारी साधनहरूमा लगानी गर्न जारी राखेको छ र कम्पनीको रणनीति केवल एउटा समाधानमा मात्र नभई विस्तृत प्रविधिहरूमा केन्द्रित रहेको टेलिग्राफले रिपोर्ट गरेको छ।


+ There are no comments
Add yours