नेपालको शिक्षा क्षेत्रमा एआई क्रान्ति: के हो ३००+ शैक्षिक संस्थाले रोजेको गिगा ईआरपी?

०२ असार, काठमाडौँ । कुनै समय विद्यालय र कलेजहरूमा हाजिरी, शुल्क वा परीक्षा नतिजा कम्प्युटरमा राख्न सक्नुलाई नै ठुलो डिजिटल उपलब्धि मानिन्थ्यो। तर आजको आधुनिक युगमा अधिकांश शैक्षिक संस्थासँग प्रचुर मात्रामा डेटा भए पनि त्यसलाई सही निर्णय प्रक्रियामा प्रयोग गर्न नसक्नु मुख्य चुनौती बनेको छ।

यही समस्याको समाधान गर्दै नेपाली प्रविधि कम्पनी गिगा इन्फोसफ्टले नेपालमै विकास गरेको ‘गिगा ईआरपी’ (Giga ERP) सफ्टवेयरले शिक्षा क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ। यस नवप्रवर्तनात्मक सफ्टवेयरले आफूलाई केवल सामान्य व्यवस्थापन सफ्टवेयरमा सीमित नराखी संस्थाका सम्पूर्ण गतिविधिलाई एउटै डिजिटल संरचनामा जोड्ने काम गरिरहेको छ।

धेरैजसो शैक्षिक संस्थाहरूमा परीक्षा, शुल्क, लेखा र कर्मचारी प्रशासनका लागि फरक–फरक प्रणाली प्रयोग हुँदा तथ्याङ्क भएर पनि सही समयमा सही जानकारी पाउन मुस्किल हुन्थ्यो।

गिगा ईआरपीले विद्यार्थी भर्नादेखि परीक्षा, शुल्क सङ्कलन, लेखा प्रणाली, मानव संसाधन, पेरोल र अभिभावकसँगको सञ्चारलाई एउटै प्लेटफर्ममा ल्याएर यो अलमलको अन्त्य गरिदिएको छ। अब कुन कक्षाको हाजिरी कमजोर छ वा कुन विषयमा विद्यार्थीको प्रदर्शन घटिरहेको छ भन्ने कुरा थाहा पाउन फरक–फरक रिपोर्ट मिलाइरहनु पर्दैन। सबै विभागहरू एउटै केन्द्रमा जोडिएकाले व्यवस्थापन निकै चुस्त र पारदर्शी बनेको छ।

गिगा ईआरपीको पछिल्लो विकासक्रममा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग सबैभन्दा चर्चामा छ। यसको मुख्य उद्देश्य उपलब्ध तथ्याङ्कलाई गहिरिएर विश्लेषण गरी व्यवस्थापनलाई उपयोगी अन्तर्दृष्टि (Insights) प्रदान गर्नु हो।

कम्पनीले यसमा एआई एनालिटिक्स, स्मार्ट इन्साइट्स, भ्वाइस–असिस्टेड डेटा इन्ट्री र प्रेडिक्टिभ एनालिटिक्स जस्ता अत्याधुनिक सुविधाहरूलाई प्राथमिकताका साथ विकास गरिरहेको छ, जसले भविष्यको नतिजा र आवश्यकताको पूर्वानुमान गर्न मद्दत गर्दछ।

गिगा इन्फोसफ्टका प्रमुख कार्यकारी अधिकृत (CEO) केशव गौतमका अनुसार, “शिक्षा क्षेत्रमा समस्या डेटा अभावको होइन, डेटा उपयोगको हो। संस्थाहरूले वर्षौंदेखि ठूलो परिमाणमा तथ्याङ्क सङ्कलन गरिरहेका छन्।

चुनौती भनेको त्यसलाई निर्णययोग्य जानकारीमा रूपान्तरण गर्नु हो। हामी गिगा ईआरपीलाई त्यही दिशामा विकास गरिरहेका छौँ।” उहाँका अनुसार ईआरपीको अर्को चरण केवल कार्यहरूको स्वचालन (Automation) मात्र नभएर इन्टेलिजेन्स (Intelligence) पनि हो, जसले व्यवस्थापकहरूलाई सही र रणनीतिक निर्णय लिन सक्षम बनाउँछ।

यो नेपाली सफ्टवेयरको विश्वसनीयता र प्रभावकारिता बजारमा प्रमाणित भइसकेको छ। हाल नेपालभरका युनिग्लोब कलेज, नेपाल इन्जिनियरिङ्ग कलेज, काठमाण्डौ वर्ल्ड स्कुल, एलआरआई स्कुलसहित ३०० भन्दा बढी प्रतिष्ठित विद्यालय तथा कलेजहरूले यसको सफल प्रयोग गरिरहेका छन्।

आधुनिक शैक्षिक संस्थाहरू अब केवल सामान्य सफ्टवेयरको सट्टा विभागहरूलाई आपसमा जोड्ने, डेटा बुझ्ने र व्यवस्थापनलाई सही निर्णय लिन पूर्ण रूपमा सहयोग गर्ने प्लेटफर्मको खोजीमा छन् र गिगा ईआरपीले नेपाली बजारमा त्यही आवश्यकतालाई कुशलतापूर्वक पूरा गरिरहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours