आषाढ महिनाको महिना श्रवण!

३१ जेठ, काठमाडौँ । मिति २०८३ साल आषाढ १ गते सोमबार मिथुन आषाढ संक्रान्ति रौद्र नामसंवत्सर,श्रीसूर्य उत्तरायण,ग्रीष्मऋतु,अधिक ज्येष्ठकृष्णपक्ष औंसी तिथी प्रात: ९ / १२ बजेसम्म त्यस उप्रान्त
शुद्ध ज्येष्ठशुक्लपक्ष प्रतिपदा तिथी आरम्भ,मृगशिरा नक्षत्र राती ९ / ०७ बजेसम्म त्यस उप्रान्त आर्द्रा नक्षत्र आरम्भ, शूल योग,किंष्तध्न करण ,
श्रीसूर्यनारायण आषाढ १ गते राती ८ / ३५ बजे वृष राशिबाट मिथुन राशिमा प्रवेश गर्नुहुनेछ।

त्यसैले यो दिनलाई षडशितीमुख नाम गरेको
संक्रान्ति भनिन्छ।महिनाको देवताको नाम वामन ,देवीको नाम कमला ,सूर्यको नाम रवि : हो।यो दिन मिथुन राशिमा सूर्य :, वृष राशिमा चन्द्र : र कर्कट राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेगर्दछ। यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको}फल प्राप्त हुनेछ ।

महिनाको फल यस प्रकार रहेको छ।सोमबार संक्रान्ति परेको हुनाले दक्षिण हावाको कारणले धान्यादी वस्तुको साथै दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढ्नाले जनताहरू मारमा पर्ने देखिन्छ।खण्ड वृष्टिले गर्दा किसानहरू मर्माहित हुने छन्।सुनआदी धातुको मूल्य बढ्ने छ।कतै अत्याधिक वर्षाले धनजनको नास हुने देखिएको छ।शेयर बजार भने मन्दगतिमा चल्नेछ।गर्मिले जनजीवन कष्टदायी हुनेछ।
पं-बालमुकुन्द देबकोटा।

You May Also Like

More From Author

+ There are no comments

Add yours