३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा पाँच पटकको विश्वविजेता ब्राजिल र मोरक्को खेल १–१ को बराबरीमा राेकिएकाे छ ।
शनिबार न्यु जर्सीस्थित न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिल हारबाट जोगिन भिनिसियस जुनियरको शानदार गोलमा निर्भर रह्यो ।
सन् २०२२ विश्वकपको सेमिफाइनलिस्ट मोरक्कोले २१औँ मिनेटमा अग्रता लिएको थियो । ब्राहिम डियाजको उत्कृष्ट पासमा इस्माइल साइबारीले ब्राजिलका डिफेन्डर मार्किन्होस र गाब्रियललाई पछि पार्दै गोलरक्षक एलिसन बेकरमाथिबाट आकर्षक चिप प्रहार गर्दै गोल गरे ।
तर मोरक्कोको अग्रता धेरै समय टिकेन । ३२औँ मिनेटमा ब्राजिलका स्टार फरवार्ड भिनिसियसले व्यक्तिगत कौशल प्रदर्शन गर्दै टोलीलाई खेलमा फर्काए ।
विश्वकप इतिहासमा कीर्तिमानी छैटौं उपाधिको खोजीमा रहेको ब्राजिलका लागि यो नतिजाले अझै धेरै सुधार आवश्यक रहेको संकेत गरेको छ ।
प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा ब्राजिल पहिलो पटक विश्वकप खेलिरहेको छ ।
पहिलो खेलबाट दुवै टोलीले एक–एक अंक जोडेका छन् । अब ब्राजिलले आफ्नो दोस्रो खेलमा हाइटीसँग प्रतिस्पर्धा गर्नेछ भने मोरक्कोले स्कटल्यान्डको सामना गर्नेछ ।


+ There are no comments
Add yours